Home कला/साहित्य कीर्तिपुरलाई फ्रेममा कैद !

कीर्तिपुरलाई फ्रेममा कैद !

439
0
SHARE

काठमाडौं, २४ चैत । क्यानभासको रुपमा कलकार अमृत कार्कीले कीर्तिपुरलाई फ्रेममा कैद गरेका छन् । ‘काठमाडौं ट्रिएनाले’ अन्तर्गत पत्रकार माझ कार्कीले भने, ‘शहरलाई क्यान्भास जस्तो फ्रेममा उतार्नु निकै चुनौतीपूर्ण रहेपनि राम्रो कलाकृति सिर्जना भएको छ ।’ कीर्तिपुर नेपाली सांस्कृतिक, राजनैतिक तथा शैक्षिक रुपमा निकै महत्व राख्ने स्थान हो । यस्तो स्थानमा परम्परागत मान्यतालाई चुनौती दिँदै तत्स्थानलाई क्यान्भासको रुपमा प्रयोग गर्दै कार्कीले कला रचना गरेका छन् । कीर्तिपुरका २१ घरलाई चतुर्भुज आकारमा फ्रेमको रुपमा लिएर त्यस भित्र उनले सयौं घरको कोलाजलाई कलात्मक स्वरुप दिएका छन् ।

तीन महिने प्रयासबाट उनले यो काम सम्पन्न गर्न सकेको सुनाए । उनी भन्छन्, ‘१७ दिनमा २१ घरमा रङ लगाई रेक्टेंगल शेप निकालिएको हो । यस कलाकृति बनाउन सयभन्दा बढी मानिसको सहयोग लिएको छु । ‘तपाईं’को घरमा यसरी ‘पेन्ट’ गर्नेछौँ भनेर कीर्तिपुरवासीलाई मनाउनै तीन महिना लाग्योे । अन्तमा मैले सोचेभन्दा राम्रो कलाकृति रचना हुन सक्यो ।’ काठमाडौं विश्वविद्यालयबाट कलामा स्नातक गरेका २६ वर्षीय कार्कीले नेपाली कलामा नयाँ सोच र अवधारणा काम गर्न रुचाउँछन् । चैत ११ देखि सुरु भएको ट्रिएनाले १७ दिनसम्म रहनेछ ।

LEAVE A REPLY