Home सूचना प्रविधि काठमाडौँवासीले इन्टरनेट हड्ताल गर्ने

काठमाडौँवासीले इन्टरनेट हड्ताल गर्ने

967
0
SHARE

काठमाडौं, सम्भवतः पहिलो पटक नेपालमा इन्टरनेट हड्ताल हुँदैछ। विश्वका कतिपय मुलुकहरूमा यो सामान्य भएतापनि नेपालमा भने यो एउटा नयाँ र फरक पाइला हो। एकपटक अमेरिकामा एउटा कानुनको विरोध गर्न विभिन्न वेबसाइटहरू केही निश्चित समयका लागि वेबसाइट मालिकले नै हटाएका थिए। यसपछि उनीहरू सडकमा उर्लिए। नेपालमा भने पहिलो इन्ट्नेट हड्ताल नयाँ ढङ्गले हुँदैछ।

के हो यो इन्टरनेट हड्ताल ?
नेपालमा इन्टरनेट हड्ताल नयाँ कन्सेप्ट हो। हुन त अन्य देशहरूमा यो भैसकेको छ। तर अन्य देशहरूमा भन्दा फरक ढङ्गले नेपालमा हुन गैरहेको छ। यो कुनै वेबसाइट नै ह्याक गर्न खोजेको होइन तर आफ्नै व्यक्तिगत सामाजिक संजालको खाता मार्फत विभिन्न मुद्दाहरूलाई राष्ट्रिय स्तर र सम्बन्धित निकायको नजर बिन्दुमा ल्याउने प्रयास हो। यो खबरदारीको पनि प्रयास हो। यस इन्टरनेट हड्ताललाई नेपाः उपत्यका बचाऔँ महाअभियानले अगाडी ल्याएको हो ।

LEAVE A REPLY