Home देश विद्यालय भवन हस्तान्तरण

विद्यालय भवन हस्तान्तरण

142
0
SHARE

-वद्री नयाँघरे-

रामेछाप । रामेछाप । २०७२ सालको भुकम्पले क्षतविक्षत वनाएका सामुदायिक विद्यालयको निमार्ण कार्य आरम्भ गरेको नेपाल डन वस्को सोसाइटी ललितपुरले रामेछाप जिल्ला साविकको खनियापानी गाविस–४ स्थित वालकल्याण आधारभुत विद्यालयको नवर्निमित भवन समुदायलाई हस्तान्तरण गरेको छ ।

हिजो एक समारोहका विच उक्त संस्थाले नव निर्मित भवन जिल्ला आयोजना इकाई रामेछापका प्रमुख हेमन्त वुढाथोकी मार्फत हस्तान्तरण गरेको हो । २०७३ मंसिर वाट भवन निमार्ण कार्य आरम्भ गरेको उक्त संस्थाले पुनर्निमार्ण प्राधिकरण केन्द्रिय कार्यालय सँग स्विकृत लिई १ करोड २२ लाख रुपैयाँको लागतमा नवनिर्मित पक्की भवन निमार्ण गरेको थियो ।

६ वटा कोठा रहेको उक्त भवन रामेछापमा निमार्णधिन विद्यालयहरु मध्ये हस्तान्तरण भएको पहिलो पक्की भवन भएको र उक्त भवनमा पढाई समेत संचालन भएको संस्थाका कानुनी सल्लाहाकार राजन ढुगेलले वताए ।  उनका अनुसार भुकम्प प्रभावित ललितपुर, दोलखा, रामेछाप र सिन्धुपाल्चोक गरी ४ जिल्लाका गरी १० वटा विद्यालयका लागि नयाँ भवन कार्यको लागि काम भइरहेको उक्त संस्थाले यसअघि ललितपुर जिल्लाको शंखुस्थित सरस्वती मावि भवन निमार्णको काम समेत संम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको छ ।

भवन निमार्ण कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरुको समेत उल्लेखनिय रुपमा सहभागीता रहेको थियो । संस्थाले भुकम्प सँगै जिल्लाका विभिन्न विद्यालयका छात्रछात्राहरुका लागि कपडा र शैक्षिक सामाग्री समेत वितरण गरेको थियो ।

LEAVE A REPLY