Home मुख्य समाचार टुक्रिने भो वाम गठबन्धन, टिकट बाँडफाँडमा मिलेन कुरो

टुक्रिने भो वाम गठबन्धन, टिकट बाँडफाँडमा मिलेन कुरो

622
0
SHARE

काठमाडौँ, २६ असोज । टिकट बाँडफाँडमा सहमति नजुट्दा वाम गठबन्धन टुक्रिने निश्चित भएको छ । गोरखाको २ नम्वर क्षेत्रले वाम गठबन्धनलाई अहिले धरापमा पारेको छ ।

उक्त क्षेत्रमा गठबन्धनमा रहेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइ र माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश दुवैले दावी गरेपछि गठबन्धन धरापमा परेको हो । गोरखाको २ नम्वर क्षेत्र नपाए गठबन्धन तोडेर एक्लै अगाडी बढ्ने चेतावनि बाबुराम भट्टराइले दिइसकेका छन् । उता माओबादीले पनि गोरखाको २ नम्वर क्षेत्र कुनै हालतमा छोड्न नसक्ने अडान लिएको छ ।

माओवादी केन्द्रका गोरखाका एक नेताले सूर्यचिन्ह लिएर चुनाव लड्न लागेका बाबुरामलाई सिट छाड्न नसकिने बताए । गोरखा–२ मा माओवादी केन्द्र एक्लै लड्दा पनि जित सुनिश्चत भएको क्षेत्रको रुपमा माओबादीले लिएको छ । त्यसैले यहाँ बाबुरामलाई छाड्न सकिन्न ।’ ति नेताले भने । माओबादी केन्द्रले बाबुरामलाई काठमाडौँबाट उम्मेद्वार बन्न सुझाव दिइसकेको छ ।

गोरखाको २ नम्बर क्षेत्र यति ठूलो प्रतिष्ठाको विषय बनेको छ कि नयाँ शक्तिले बाबुराम भट्टराईलाई गोरखा–२ नदिए गठबन्धन नै छाडेर एक्लै अगाडि बढ्ने विकल्पमा छलफल अगाडी बढाइसकेको छ । यसले गठबन्धन अब नटिक्ने अवस्थामा पुगेको प्रष्ट पारेको छ ।

‘गठबन्धन बनाएर अगाडि बढ्ने तर एउटा पार्टीको प्रमुख नेतालाई आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्न नदिने हो भने गठबन्धनको औचित्य कसरी हुन्छ ? यस्तो अवस्थामा नयाँ शक्तिले विकल्प सोच्नुपर्छ ।’ नयाँ शक्तिका एक नेताले भने– ‘हामीले आन्तरिक रूपमा यो विषयमा छलफल गरेका छौँ । गोरखा–२ मा बाबुरामलाई टिकट दिइएन भने नयाँ शक्ति एक्लै चुनावमा जान्छ । बाबुराम आँखा चिन्ह लिएर त्यहीँबाट चुनाव लड्नुहुन्छ ।’

आगामि निर्वाचनमा एक्लै जाँदा आफ्नो स्थान असुरक्षित देखेपछि अन्तिम समयमा गठबन्धनमा मिसिन पुगेका भट्टराईलाई अहिले भने गठबन्धन नै घाँडो बनेको छ ।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीच वामगठबन्धन बनेको थियो । समस्या समाधानका लागि गठबन्धनभित्र कार्यदल बनाएर टिकट बाँडफाँड सुल्झाउने छलफल चलिरहे पनि कार्यदलले एक साता बित्दा पनि आफ्नो काम पूरा गर्न सकेको छैन । नयाँ शक्तिले कति प्रतिशत पाउने भन्नेसम्मको टुङ्गो लागेको छैन । नयाँ शक्तिले सूर्य चिन्ह लिएर गठबन्धनबाट चुनाव लड्ने निर्णय गरेको छ ।

गोरखा क्षेत्र नम्वर २ बाट केन्द्रका लागि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठले चुनाव लड्ने तयारी गरेका छन् । स्थानीय तहको चुनावी नतिजा हेर्दा बाम गठबन्धन बन्दा यो क्षेत्रमा गठबन्धनको सहज जित हुने जस्तो देखिन्छ । यही जितको सुनिश्चतामा दुवै नेताले चासो राखेका छन् ।

गोरखामा प्रतिनिधिसभा सदस्यका लागि गोरखामा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअघि गोरखामा तीन निर्वाचन क्षेत्र थिए ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको गोरखा क्षेत्रल नं. २ मा दलहरूले पाएको कुल मत हेर्दा नेपाली काङ्ग्रेसलाई १७,०७० मत प्राप्त भएको छ । माओवादी केन्द्रलाई १७,८९४, नेकपा एमालेलाई ७,२०८ र नयाँ शक्ति नेपाललाई ७,९०० मत आएको छ । स्थानीय तहको मत अनुसार गोरखा २ मा बाम गठबन्धनसँग ३३ हजार २ मत छन्, जुन काङ्ग्रेसको भन्दा १५ हजार ९ सय २३ मत बढी हो । यही अग्रता गठबन्धनको चुनाव जितको आधार देखिन्छ ।

बाबुरामले बुधबार साँझ मात्र फेसबुकमा स्टाट्स लेखेर आफू गोरखा–२ बाट चुनाव लड्न लागेको भन्दै मतदातासँग भोट नै मागिसकेका छन् । ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फबाट म गोरखा क्षेत्र न.ं २ बाट प्रत्यासी बन्ने निर्णय भइसकेको छ । त्यसमा कसैले कुनै द्विविधा राख्नुपर्दैन ।

तीव्र विकास र समृद्धि गोरखाली जनताको मुख्य चाहना र आवश्यकता हो । मेरो पनि रूचि, दक्षता र क्षमता त्यसैमा योगदान गर्ने हो । विगतमा छोटो कार्यकालमा पहिले कसैले कहिल्यै नगरेको विकासको पूर्वाधारको प्रारम्भिक जग बसाल्ने काम गरेको छु । अब त्यसलाई पूरा गर्ने जिम्मेवारी गोरखाली जनताले दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।’ बाबुरामको स्टाटसमा छ ।

गठबन्धनमा कुरा नमिले वामगठबन्धन टुक्रिने र गोरखा २ मा बाबुराम र नारायणकाजीबीच भीडन्त हुनेछ । गोरखा दुवै नेताको गृह जिल्ला समेत हो । २०७० को संविधान सभा चुनावमा श्रेष्ठ मकवानपुरबाट चुनाव लडेका थिए । स्थानीय तहकाे चुनावले अहिलेकाे निर्वाचनमा अाफ्नाे पार्टीकाे जीत सुनि सुनिश्चित रहेकाले गाेरखा २ माअाेबादीले छाड्न सक्ने अवस्था छैन ।

LEAVE A REPLY