Home मुख्य समाचार डा.केसीले गरे ५१ सदस्यीय वार्ता टोली गठन

डा.केसीले गरे ५१ सदस्यीय वार्ता टोली गठन

39
0
SHARE
दोस्रो चरणमा ७७ जिल्लाकै प्रतिनिधित्व हुने गरि टोली विस्तार गरिने

काठमाडौँ, २६ असोज । चिकित्सा शिक्षा क्षेत्रमा देखिएका बेथितिलाई अन्त्य गर्न भन्दै अनसनरत सत्याग्रही डा.गोविन्द केसीले सरकारसंग वार्ता गर्न ५१ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।

सत्याग्रही डा. गोविन्द केसीले सरकारले सचिव स्तरीय ३ सदस्यीय वार्ता टोली गठन गरे लगत्तै आफ्नो तर्फबाट प्रथम चरणमा ५१ सदस्यीय वार्ता टोली गठन गरेका हुन् ।

डा. गोविन्द केसीले वार्ता टोलीमा संलग्न हुन चाहने जो सुकै नेपालीलाई सहभागी हुन आह्वान पनि गरेका छन् । उनले दोस्रो चरणमा ७७ जिल्लाकै प्रतिनिधित्व हुने गरी टोली गठन गरिने जनाए ।

बिहिबार जारी विज्ञप्तिमा भनिएको छ ‘यो लामो लडाई भएको हुँदा प्रथम चरणमा ५१ सदस्यीय वार्ता टोली भए पनि दोस्रो चरणमा ७७ जिल्लाकै प्रतिनिधित्व हुने गरि यसलाई विस्तार गरिने छ । दुर्गम र विकट क्षेत्रको प्रतिनिधित्व हुने गरी वार्ता टोलीमा संलग्न हुन् चाहने जो सुकै नेपालीलाई सम्पर्कमा आउन आह्वान गरिएको छ ।’

डा. केसीले नेतृत्व गरेका आन्दोलनमा जोडिन चाहने जो सुकैको लागि पनि आजैबाट मिस कल मार्फत जोडिन सकिने व्यवस्था गरिएको छ । फेसबुक वा टेलिफोन (९८६२३७१०९३) मार्फत मिस कल दिएर सिधै सम्पर्क गर्न सकिने बताइएको छ ।

डा. केसीले उठाएको आन्दोलन अब हरेक गाउँ, टोल, जिल्ला जिल्लामा फैलाउने अभियानमा वार्ता टोलीका सदस्यहरूले नेतृत्वदायी भूमिका खेल्ने डा. केसीले विश्वास लिएका छन् ।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका बेथितिलाई अन्त्य गर्नको लागि उनी १३ औँ पटक अनसनरत छन् ।

 

LEAVE A REPLY