Home देश जाडो छल्न म्याटकाे सहारा  

जाडो छल्न म्याटकाे सहारा  

72
0
SHARE

वीरगंज, १७ मंसिर । बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विद्यालयलाई म्याट वितरण गरिएको छ । वीरगंजको वडा नम्वर १६ मा रहेको मखतममा बालबालिकाको लागि अध्ययन गर्न सहज होस भनेर म्याट प्रदान गरिएको हो ।

आज एक कार्यक्रमकाबीच राष्ट्रिय जनता पार्टीका केन्द्रिय महासचिव एवं वीरगंजका चर्चित नेता राजेशमान सिंहले उक्त सामाग्री उपलब्ध गराएका हुन् । जाडो बढ्न थालेसंगै अध्ययनमा आउने विद्यार्थीको सख्या पातलिन थालेपछि त्यसलाई रोक्न म्याट प्रदान गरिएको सिंहले बताए ।

मुस्लिम बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा अझै पनि भुईँमै बसेर अध्ययन अध्यापन गराउनु पर्ने बाध्यता रहिआएको छ ।

भुईँमै बस्नु पर्दा चिसोका कारण रुघा, खोकि, झाडा पखाला जस्ता विरामि देखिने गरेको छ । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै सिंहले म्याट उपलब्ध भएको हो ।

LEAVE A REPLY