Home शिक्षा विद्यालयमा चार लाखको अक्षय कोष

विद्यालयमा चार लाखको अक्षय कोष

68
0
SHARE

बागलुङ, १८ मंसिर । गलकोट नगरपालिका–१ स्थित चौराह माध्यमिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सघाउन सोही विद्यालयमा अध्ययन गर्नुभएका विदेशमा कार्यरत एक पूर्व विद्यार्थीले अक्षयकोष खडा गरेका छन् ।
हाल जापानमा कार्यरत सोही स्थान निवासी राजकुमार खड्काले आफूले पढेको विद्यालयमा रु चार लाखको अक्षय कोष खडा गर्नुभएको हो । अक्षय कोषबाट आउने वार्षिक ब्याजबाट विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिने विद्यालयले जनाएको छ ।

विद्यालयका अध्यक्ष इन्द्रसिंह बुढाथोकी र प्रधानाध्यापक वीन्द्रबहादुर खत्रीलाई रकम हस्तान्तरण गर्दै खड्काले आफूले पढेको विद्यालय र समाजप्रतिको उत्तर दायित्व सम्झेर अक्षय कोष स्थापना गरेको बताउनुभयो ।

कोषको छुट्टै कार्यविधि बनाएर सञ्चालनमा ल्याइने र लक्षित उद्देश्य प्राप्तिका लागि रकम खर्च गरिने विद्यालयका प्रधानाध्यापक खत्रीले जानकारी दिनुभयो । उहाँले प्रवासमा रहेर पनि गाउँको विद्यालयका लागि खड्काले पु¥याएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभयो । खड्का स्थानीय समाजसेवी दुर्गाबहादुर खड्काका छोरा हुनुहुन्छ ।

LEAVE A REPLY