Home ताजा समाचार आज बुधबार कस्ता कार्यका लागि शुभ रहने छ ? हेर्नुहोस् आजको दिन,...

आज बुधबार कस्ता कार्यका लागि शुभ रहने छ ? हेर्नुहोस् आजको दिन, २०७४ मंसिर २० गते

71
0
SHARE

– आज विक्रम संवत् २०७४ साल मंसिर २० गते बुधबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतु अन्तर्गत पौष कृष्ण पक्षको तृतीया तिथि दिवा ३।१५ बजेसम्म रहने छ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा र बृहस्पति तुला राशिमा रहेका छन् ।

पुनर्वसु नक्षत्र राति ३।३९ बजेसम्म रहने छ । यसैगरी आज शुक्ल योग र बब करण रहेको छ । सूर्योदय प्रातः ६।४२ बजे छ भने सूर्यास्त बेलुका ५। ७ बजे हुने छ ।

चन्द्रमा आज मिथुन राशिमा छन् । त्यसैले पश्चिम र दक्षिण दिशाको यात्रा शुभ रहने छ । आज विष्णु भगवान्को उपासनासँगै हरिया वस्तुको प्रयोग शुभ रहने छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
सम्पर्क : ९८०३३४४४६४

LEAVE A REPLY