Home ताजा समाचार आज बिहीबार, चतुर्थी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन, २०७४ मंसिर २१ गते

आज बिहीबार, चतुर्थी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन, २०७४ मंसिर २१ गते

51
0
SHARE

– आज विक्रम संवत् २०७४ साल मंसिर २१ गते बिहीबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतु अन्तर्गत पौष कृष्ण पक्षको चतुर्थी तिथि दिवा १२।५७ बजेसम्म रहने छ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा र बृहस्पति तुला राशिमा रहेका छन् ।

तिष्य नक्षत्र राति २।९ बजेसम्म रहने छ । यसैगरी आज ब्रह्म योग र कौलव करण रहेको छ । सूर्योदय प्रातः ६।४३ बजे छ भने सूर्यास्त बेलुका ५। ७ बजे हुने छ ।

चन्द्रमा आज कर्कट राशिमा छन् । आज चतुर्थी तिथि परेको छ । चतुर्थीलाई रिक्ता तिथि भनिएको छ । यस्तो तिथि शुभ कार्यमा त्याज्य मानिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
सम्पर्क : ९८०३३४४४६४

 

LEAVE A REPLY