Home ताजा समाचार क्रोध के हो ? हेर्नुहोस् आजको नीति वचन

क्रोध के हो ? हेर्नुहोस् आजको नीति वचन

132
0
SHARE

क्रोधो वैवस्वतो राजा तृष्णा वैतरणी नदी ।
विद्या कामदुधा धेनुः सन्तोषो नन्दनं वनम् ।। – संस्कृतसुभाषितम्

क्रोध यमराज समान हो । तृष्ण नरकको वैतरणी नदी समान हो भने विद्या इच्छा अनुसार कार्य पूर्ति गर्नेे कामधेनु हो । यसैगरी सन्तोष स्वर्गको नन्दन वन (सुन्दर वगैँचा) हो ।

क्रोधलाई यमराजको संज्ञा दिइएको छ । मनमा क्रोधको भावना राख्नु यमराज पाल्नु हो । त्यसैले क्रोध सर्वथा त्याज्य मानिएको छ । यसैगरी नरकको वैतरणी नदी समान तृष्णा हुन्छ । मनको तृष्णाबाट कहिल्यै पार पाउन सकिदैन । त्यसैले मनमा तृष्णा राख्नु पनि व्यर्थ छ । यसैगरी विद्या लाई कामधेनु गाईको संज्ञा दिइएको छ । कामधेनु गाई भनेको तपाइले जस्तो चिताउनु हुन्छ त्यस्तै पुर्याउने एक देवकालीन विशिष्ट गाई हुन् । विद्यालाई कामधेनुको संज्ञा दिइएको छ । विद्याले जस्तो वस्तुको अपेक्षा राखे पनि पूरा गर्न सकिनछ । यसैगरी सन्तोषलाई स्वर्गको नन्दन वन भनिएको छ । मनमा सन्तोष छैन भने जति ऐश्वर्य भए पनि त्यसको कुनै महत्त्व रहँदैन । त्यसैले क्रोध र तृष्णालाई त्यागी ज्ञानी र सन्तोषी बन्नुपर्छ भन्ने नीति वचन मननीय छ ।

– नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् –

 

LEAVE A REPLY