Home फिंचर यस्ताे रह्याे भीअाइपीहरूकाे मतदान (फाेटाे फिचर)

यस्ताे रह्याे भीअाइपीहरूकाे मतदान (फाेटाे फिचर)

65
0
SHARE

काठमाडाैँ, २१ मंसिर । आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरेका छन् ।

चितवनमा रहनुभएका एकिकृत माअाेबादीका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले चितवनकाे भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् भने झापामा रहेका अर्का पूर्वप्रधानमन्त्री केपी ओलीले अपरान्ह भक्तपुरबाट मतदान गर्ने कार्यक्रम छ ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ (इलाम), कांग्रेस नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटाैला, लालबाबु पण्डित (बिराटनगर) मन्त्री सुनीलबहादुर थापा (धनकुटा) र माओवादी नेता गिरिराजमणि पोखरेल (महोत्तरी)ले बिहानै मतदान गरिसकेका छन् ।

त्यसैगरी अन्य नेताहरुले पनि मतदान गरिरहेका छन् ।

LEAVE A REPLY