Home ताजा समाचार आज शनिबार, शुभाशुभ कस्तो रहने छ ? हेर्नुहोस् आजको दिन २०७४ पौष...

आज शनिबार, शुभाशुभ कस्तो रहने छ ? हेर्नुहोस् आजको दिन २०७४ पौष २९ गते

181
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७४ साल पौष २९ गते शनिबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । (हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको द्वादशी तिथि राति १।२ बजेसम्म रहने छ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । अनुराधा नक्षत्र दिवा १२।७ बजेसम्म रहने छ । यसैगरी आज गण्ड योग, कौलव करण रहेको छ । सूर्योदय विहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२७ मा हुने छ ।
आज चन्द्रमा वृश्चिक राशिमा छन् । उत्तर र पश्चिम दिशाको योत्रा शुभ रहने छ । यसैगरी आज शनिबार शिवजीको उपासनासँगै काला वस्तुको प्रयोग शुभ रहने छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY