Home ताजा समाचार नरकका तीन ढोका के के हुन् ? हेर्नुहोस् आजको नीति वचन

नरकका तीन ढोका के के हुन् ? हेर्नुहोस् आजको नीति वचन

181
0
SHARE

त्रिविधं नरकस्येदं द्वारनाशनमात्मनः ।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ।। – विदुर नीति

काम, क्रोध र लोभ नरकका तीनद्वार हुन् । यी तीनवटै कुरा त्याज्य छन् ।
काम अर्थात् रतिमा लिप्त हुनु नरकको बाटो समाउनु हो भन्ने विदूरको मत रहेको छ । रतिजन्य कार्यमा अधिक लाग्ने व्यक्ति नरकगामी हुने भएकाले अति कामवासना जीवनका लागि त्याज्य रहन्छ । यसैगरी क्रोध पनि त्याज्य कुरा नै हो । मनमा क्रोध हुने व्यक्तिले जीवनमा कहिल्यै उन्नति गर्न सक्दैन र त्यो नरकको भोगी पनि हुने भएकाले जीवनमा क्रोध पनि त्याज्य मनिएको छ । यसैगरी लोभ अर्को नरकको द्वार हो । लोभले जीवनलाई अवनतिको मार्ग तर्फ धकेल्छ । अतः काम, क्रोध र लोभ नरकका द्वार भएकाले यी त्याज्य छन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

LEAVE A REPLY