Home अन्तर्वार्ता पार्टीले जित्नुपर्छ भन्दा अाफैँ हारेँ : नेतृ शाक्य

पार्टीले जित्नुपर्छ भन्दा अाफैँ हारेँ : नेतृ शाक्य

953
0
SHARE

काठमाडौं, ४ फागुन । एमालेका उपाध्यक्ष एवं प्रदेश नम्वर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई धेरैले मुख्यमन्त्रीको रुपमा हेरेका थिए । तर उहाँलाई प्रदेशको मुख्यमन्त्री वनाउनु त परको कुरा, संसदीय दलको नेतामा उम्मेद्वार वन्दा नेताहरुले जुन वचन दिएका थिए, त्यो पनि पुरा हुन सकेन ।

उहाँलाई प्रदेशसभाको चुनाव लड्न पठाउदा के भनेर पठाइएको थियो ? आज उहाँलाई किन संसदीय दलको नेताको चुनाव हराइयो ? सातजना मुख्यमन्त्री बन्दा एकजना महिला अनि तीन नम्वर प्रदेशमा वाहुल्यता रहेको नेवार समुदायको मुख्यमन्त्री वन्न सक्नुहुन्थ्यो । तर त्यसो हुन सकेन । अबको उहाँको यात्रा कसरी अगाडी वढ्छ । प्रस्तुत छ, यसै विषयमा एमाले नेता अष्टलक्ष्मि शाक्यसंग गरिएको कुराकानीको सम्पादित अंश ।

जुन प्रकारको एउटा अपेक्षा, चाहना अनुसार तीन नम्वर प्रदेशको मुख्यमन्त्री बन्ने र प्रदेशको बागडोर सम्हाल्ने जुन योजनाका साथ अगाडी वढ्नु भएको थियो, त्यसमा त तगाराे लाग्याे । आजको दिनमा पछाडी फर्केर हेर्दा के पाउनु हुन्छ  ?
म संसदीय दलको नेतामा पराजित भए । जसले मलाई मुख्यमन्त्री बन्न दिएन । तर पराजित भएर मुख्यमन्त्री बन्न नपाएपनि म निराश छैन । मेरो राजनीतिक पृष्ठभूमि लामो छ ।

तपाई मुख्यमन्त्री बन्न नपाउनु भएको कि तपाईलाई मुख्यमन्त्री बन्न नदिन संसदीय दलको नेतामा पराजित गराइएकाे ?
मलाई मुख्यमन्त्री बन्न नेतृत्वले ल मुख्यमन्त्री बन्नुस मात्र भनेर सहयोग र समर्थन गरेको भए म सजिलै दलको नेतामा चुनिन्थे । नेतृत्वले असहयोग गरेको भन्छु म ।

तपाईलाई पार्टीले वा पार्टीकै अध्यक्षको गुटले हरायो । यसरी बुझ्न मिल्छ ?
त्यो विषयमा मैले यसअघि पनि प्रष्ट पारेको छु । किनभने पार्टीभित्र अहिलेपनि गुटबन्दी छ । त्यो बाहिर नै देखिएको छ । त्यो गुटबन्दी हुनुहुदैन, पार्टी विचार र नीतिले चल्नुपर्छ भनेर मेरो प्रयास निरन्तर रहँदै आएको छ । म गुटबन्दीको शिकार भएकै हो । पार्टीको स्थायी कमिटिले केही समय पहिले १० बुँदे प्रस्ताव पारित गरेको थियो । त्यो प्रस्तावमा गुटबन्दी नगर्ने भन्ने थियो ।

त्यसमा गुटबन्दी के कारणले भएको छ र त्यसको अन्त्यका लागि पालना गर्नुपर्ने कुराहरु त्यसमा उल्लेख थियो । मैले त्यो कुरालाई एकदमै आत्मसाथ गरे । त्यतिमात्र होइन हाम्रो यो प्रदेशको टीमले पनि त्यसलाई आत्मसाथ गर्यो ।  सवै जिल्लामा गुटबन्दीकाे अन्त्य गर्नुपर्छ । पार्टी विचार र संस्कारवाट अगाडी बढ्नुपर्छ भनेर हामीले अभियान नै चलायौँ ।

प्रशिक्षण, भेला लगाएतका कार्यक्रम आयोजना गर्यौँ । म गुटबन्दीमा लागेको भए मैले यो प्रस्तावलाई आत्मसाथ गर्ने थिइन । मैले सवै नेता कार्यकर्तालाई समानताका आधारमा हेरेँ । मैले गुटका आधारमा हेरिनँ । मैले उम्मेदवारको प्रस्ताव लैजादापनि गुटको आखाले हेरिनँ । मैले पार्टीले जित्नुपर्छ भन्ने विचार राखेँ । त्यही कारणले मैले आज चुनाव जित्न सकिनँ ।

तपाईँले भन्नुभाछ नी गुटवन्दि नहोस भनेर तपाईहरुले जुन दशबुँदे प्रस्ताव पारित गर्नुभाछ त्यसले के गुटबन्दी घटाएको छ त ? एमाले त सँधै गुटहरुको महासंघ बन्दै आएको आरोप छ नी ?
होइन । त्यही महसुस गरेर लामो समयदेखि पुष्पलालबाट प्रेरित पार्टी हो एमाले । उहाँले भन्नुहुन्थ्यो पार्टी नीति विचार केन्द्रित हुनुपर्छ । गुटबन्दी हुनु हुँदैन । त्यसलाई आत्मसाथ गर्न सकेन । त्यसैले आज पार्टीभित्र गुट, उपगुट वढ्दै गएको छ । विभिन्न समूहहरु जन्मिएका छन । त्यसले पार्टीलाई पार्टी जस्तो बनाएर अगाडी बढाउन सकेन । पार्टीमा सिद्धान्त विचारमा बहस हुन छोड्यो । पार्टीमा विधिसंगत निर्णय हुने कुराको अन्त्य हुँदै गयो ।

भनेपछि आफैले गरेको निर्णय पार्टीको नेतृत्वले तोड्यो हैन ? त्यसको सिकार वनाउने काम चाँही तपाईलाई गरियो ?
मैले अहिले चाँही त्यही महशुस गरेँ । किनभने नेतृत्वले चाहेको भए म संसदीय दलको नेता हुन्थेँ । मैले स्थायी कमिटि वैठकमा पनि भनेको छु कि प्रदेश हामीले पहिलो पटक अनुभव गर्दैछौँ । महिलालाई यस सम्वन्धि अनुभव छैन । अधिकांस प्रदेशहरु हाम्रो नेतृत्वमा हुने भैसक्यो ।

यस्तो अवस्थामा कसरी चलाउने, मुख्यमन्त्री को हुने भन्ने विषयमा गम्भिर छलफल हुनु पर्दछ भन्ने कुरा मैले वैठकमै उठाएको छु । जिम्मेवार मान्छेलेनै प्रदेशको नेतृत्व गर्नुपर्छ भन्ने मेरो विचार हो । तर यस विषयमा गम्भिर छलफल कहिल्यै भएन ।

LEAVE A REPLY