Home देश विमान दुर्घटना : एउटै कलेजमा पढ्ने ११जना विद्यार्थी को मृत्यु २ जनाको...

विमान दुर्घटना : एउटै कलेजमा पढ्ने ११जना विद्यार्थी को मृत्यु २ जनाको उपचार हुदै

145
0
SHARE

काठमाडौँ २९ फागुन । सोमबार दुर्घटना परेको युएस बंगला एयरलाइन्समा बंगलादेशमा एमबिबिएस पढ्दै गरेका एउटै कलेजका १३ जना परेका छन् ।
दुर्घटनामा परेका १३ जना मध्धे ११ जनाको मृत्यु भएको छ भने २ जनाको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
बंगलादेशबाट प्रकाशित हुने समाचार पत्रिका ढाका ट्रिब्युनले यस दुर्घटना सम्बन्धी समाचार लेख्दै १३ जना मेडिकल विद्यार्थी बंगलादेशको सिलहटस्थित राजिव रबेया कलेजमा अध्ययनरत रहेका भनि उल्लेख गरेको छ । मृत्यु हुनेहरुमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनि, सन्जय महर्जन, आशा शाक्य, निगा महर्जन, मिली महर्जन, सन्जय पौडेल, एन्जिला श्रेष्ठ, स्वेता थापा र सरुना श्रेष्ठ रहेका छन् ।

बंगलादेशका कलेजका प्रिन्सिपल अबेद होस्सैनलाई उदृत गर्दै मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु दुई महिनाको लागि कलेज बिदा भएकाले बिदा मनाउन नेपाल आउदै गरेका बताएको छ । एमबिबिएसको अन्तिम बर्षको नतिजा आउनु अघि उनिहरु बिदामा नेपाल फर्किरहेका थिए ।

दुर्घटनामा परि घाइते भएका समिरा व्यन्जनकार, र प्रिन्सी धामीको भने सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भएरहेको छ ।

विमान दुर्घटनामा मृत्यु भएका ४९ मध्धे २२ जना नेपाली रहेका छन् ।

तस्वीरमा निलो घेरा भित्रका २ जना विद्यार्थी प्रिन्सी धामी र समिरा व्यन्जनकारको सिनामंगलस्थित केएमसि अस्पतालमा उपचार भइरहेको छ ।  तस्वीर ढाका ट्रिब्युनबाट

LEAVE A REPLY