Home मुख्य समाचार अस्पताल पुगेर कांग्रेस सभापति देउवाले भेटे विमान दुर्घटनाका घाईतलाई

अस्पताल पुगेर कांग्रेस सभापति देउवाले भेटे विमान दुर्घटनाका घाईतलाई

1819
0
SHARE

काठमाडौं, फागुन २९ : कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनाका परी घाईत भएकाहरुलाई अस्पताल पुगेर भेट गर्नुभएकाे छ । मंगलबार देउवाले सिनामंगल स्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाईतहरुसाग भेट गर्नुभएको हो । उहाँले घाईतहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न आफुले सरकारसँग माग गरिसकेको बताउनु भएको थियो ।

देउवाले दुर्घटनामा परेका घाईतहरुको निशुल्क उपचारका साथै आवस्यक क्षतिपुर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताउनु भयो । ‘सर्वप्रथम म तपाईहरुको सिघ्र स्वासथ्य लाभको कामना गर्दछु’ देउवाले घाईतेहरुसँगको भेटमा भन्नुभयो, ‘उपचारमा कुनै कमि आउन नदिन र आवस्यक क्षतिपुर्तिको लागि सरकारसँग आजै पहल गर्छु ।’ देउवाले दुर्घटना भए लगत्तै एक विज्ञप्ति जारी गर्दै घाईतेहरुको तत्काल उपचारको प्रवन्ध गर्न, उद्दार कार्यमा तदरुकता उपनाउन र विभान दुर्घटनाको तत्काल छानविन समिति गठन गर्न आग्रह गर्नु भएको थियो ।

LEAVE A REPLY