Home कला/साहित्य विराज समाजद्धारा पुस्तक हस्तान्तरण

विराज समाजद्धारा पुस्तक हस्तान्तरण

521
0
SHARE

विराज समाजका सल्लाहकार तथा शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहालले लेख्नु भएको शिष्टाचार नामक पुस्तक , कवि डा.कृष्णप्रसाद भट्टराई, कवि तीर्थराज अधिकारी र लेखक विनोद दाहालले लेख्नुभएका पुस्ताकहरु सँगै विराज समाजका सल्लाकार सहप्रा.मुकुन्दराज दाहाल र नेपाली लेखक संघका केन्द्रीय सदस्य नारायण सापकोटाले सङ्कलन गर्नु भएको पुस्तकहरु हस्तान्रण गरिएको थियो ।

पुस्तक हस्तन्तरणका क्रममा वरिष्ठ पत्रकार दाहालले विराज समाज , विराज साकोस , सगरमाथा वाङ्मय प्रतिष्ठान र शिष्टाचार अभियान नेपालले पुस्ताकालय अभियान सँग सहकार्य गर्ने जानकारी समेत दिनु भयो । पुस्ताकालय अभियानका अभियन्ता राजकुमार राईले आफ्नो अभियानमा विराज समाज समेत जोडिन आईपुगेमा खुशी प्रकट गर्दै देश भरीका वीस जिल्लाका पुस्ताकालयहरुमा समेत अभियान विस्तार गरिने जानकारी दिनु भएको थियो ।

हाल सम्म पचास लाख मूल्यको पुस्तकहरु संकलन भएको र एक करोड मूल्य बराबरका पुस्तकहरु संकलन भएपछि पुस्तकहरुको वार्गिकरण गरी दाताहरुको विवरण समेत अभिलेख राखी विद्यालय , निजी पुस्ताकालय र सामुदायिक पुस्तकालयलाई हस्तान्रण गरिने राईले बताउनु भयो ।
पहिलो चरणमा पाँचथर , रोल्पा र प्युठान जिल्लाका पुस्ताकालयहरुमा पुस्तकहरु हस्तन्तरण गर्ने तथा पुस्ताकालय अभियानमा पुस्ताकालय स्थापना सँगै मानव जीवनमा पुस्तकको महत्व र पठन सँस्कृतिको विकासका बारेमा विचार विमार्श पनि गर्ने राईको योजना रहेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा विराज साकोसका अध्यक्ष दिनेशकुमार मगरले गत चैत्र ९ गते देखि १५ गते सम्म नेफ्स्कुनको आयोजनामा थाईल्याण्ड सहकारी अवलोकन तथा अध्ययन भ्रमणको जानकारी समेत दिनु भयो । विराज समाजका अध्यक्ष रामप्रसाद दाहालले सामाजिक हितमा विराज समाजले गरेको कार्यको चर्चा गर्नु भयो । नेपाल संस्कृत विश्वविद्यालयको ज्योतिष शास्त्रका उपप्रा.नारायणप्रसाद निरौलाले नव वर्ष २०७५ कस्तो हुने भन्ने विषयमा जानकारी दिनु भएको थियो ।

शुभकामना कार्यक्रम संयोजक तथा समाजका सल्लाहकार सहप्रा.मुकुन्दराज दाहालले शिष्टाचार अभियान नेपालको बारेमा जानकारी दिनु भयो भने कवि डा.कृष्णप्रसाद भट्टराईले कविता वाचन गर्नु भएको थियो । विराज समाजका कानूनी सल्लाहकार अभिवक्ता केशवप्रसाद दाहालले विराज र शिष्टाचारको अभियान पुस्ताकालय अभियान सँग नजिक भएकाले सहकार्य सकिने जानकारी दिनु भयो । वरिष्ठ लोकगायक तथा विराज साँस्कृतिक समितिका संयोजक माधबप्रसाद दाहालको मिठो लोकगीतले कार्यक्रमलाई रामाइलो बनाउनु भएको थियो ।

कार्यक्रममा लेखक तथा समाजका सल्लाहकार विनोद दाहाल वत्स , एनपिटिसि लि.का कार्यकारी संचालक लेखनाथ दाहाल ,समाजका सल्लाहकार हर्कबहादुर मगर , कोषाध्यक्ष नरबहादुर कटवाल , भक्तबहादुर मगर , गान्र्धवराज पौडेल , ललित मगर, हरिप्रसाद दाहाल ,गजेन्द्र राई , जयप्रसाद दाहाल , विवेक दाहाल , हस्त मगर , जयराम वन्जरा, कृष्ण सुवेदी र शम्भु दयाल सिंह लगायतले नव वर्ष २०७५ को शुभकामना प्रकट गर्नु भएको थियो ।

LEAVE A REPLY