Home छापा/अन्य स्रोत अवैध रुपमा नेपालमा काम गर्ने ११ उत्तर कोरियाली नागरिक पक्राउ

अवैध रुपमा नेपालमा काम गर्ने ११ उत्तर कोरियाली नागरिक पक्राउ

672
0
SHARE

काठमाडौं २३ वैशाख । अवैध रुपमा नेपालमा बसेर काम गर्दै आएका ११ जना उत्तर कोरियाली नागरिक पक्राउ परेका छन्। प्रहरीले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट उत्तर कोरियाकै १० युवती र एक पुरुषलाई पक्राउ गरेको हो।

शुक्रबार साँझ महानगरीय अपराध महाशाखाको विशेष टोलीले दरबारमार्गस्थित याक एन्ड यति होटल अगाडि रहेको प्योङयोङ आरेर्‍याङ रेस्टुरेन्टबाट  उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरू लामो समयदेखि श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएका थिए।

बिजनेस भिसामा नेपाल आएर गैरकानुनी रुपमा काम गरिरहेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाले रेस्टुरेन्टमा छापा मारेको थियो। प्रहरीले पक्राउ परेका रेस्टुरेन्ट सञ्चालक र कामदारमाथि अनुसन्धान भइरहेको बताएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

LEAVE A REPLY