Home खेल सन्दिप लामिछाने आईसीसी ‘वर्ल्ड ११’मा छानिए, वेष्ट इण्डिजबिरुद्ध खेल्ने

सन्दिप लामिछाने आईसीसी ‘वर्ल्ड ११’मा छानिए, वेष्ट इण्डिजबिरुद्ध खेल्ने

229
0
SHARE

जेठ २, काठमाडौं । क्रिकेट जगतका युवा नेपाली क्रिकेटर सन्दिप लामिछाने आईसीसी ‘वल्र्ड ११’ मा परेका छन् । उनले अब वेष्ट इण्डिजबिरुद्ध इंगल्याण्डको लर्डसमा हुने खेल खेल्ने अवसर प्राप्त गर्नेछन् ।

वेष्ट इण्डिजबिरूद्धको खेल ३१ मेमा इंगल्याण्डको लर्डसमा हुनेछ । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले उक्त खेल खेल्ने मौका पाएका हुन् । उनका टोली कप्तान इयान मोर्गान हुन् । यस्तै उक्त टीममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्चीरहेका छन् ।

वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो । जसमा स्यामुअल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल, सुनिल नारायनजस्ता टी ट्वान्टीका उत्कृष्ट खेलाडीहरूरहेका छन् ।

LEAVE A REPLY