Home मुख्य समाचार आज द्वितीया तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ जेठ ३ गते

आज द्वितीया तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ जेठ ३ गते

122
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल ज्येष्ठ महिनाको ३ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतु अन्तर्गत अधिक ज्येष्ठ शुक्लपक्षको द्वितीया तिथि दिवा २।५ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र पद्माक्षी मोहिनी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति तुला राशिमा छन् । रोहिणी नक्षत्र विहान ९।२० बजेसम्म रहनेछ । यसैगरी आज सुकर्म योग, तैतिल करण रहेको छ । आज काठमाडौँमा सूर्योदय ५।१६ मा छ भने सूर्यास्त बेलुका ६।४६ बजे हुनेछ ।

आज चन्द्रमा बृष राशिमा छन् । आज अधिक ज्येष्ठ शुक्लपक्षको द्वितीया तिथि हो । आज काँसको थालीमा मालपुवा राखेर दान गर्नाले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय महिमा रहेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY