Home ताजा समाचार प्रधानमन्त्री ओलीको गृहजिल्लाको पढाइः देशको नाम भारत, प्रधानमन्त्री मोदी

प्रधानमन्त्री ओलीको गृहजिल्लाको पढाइः देशको नाम भारत, प्रधानमन्त्री मोदी

104
0
SHARE

झापा, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको एक स्कुलमा गलत पाठ्यक्रम पढाइएको तथ्य फेला परेको छ । झापाको दमकस्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कुलले कक्षा १ का बालबालिकालाई ‘हाम्रो देशको नाम भारत, हाम्रो देशको राजधानी नयाँ दिल्ली र प्रधानमन्त्रीको नाम नरेन्द्र मोदी’ भएको गलत तथ्य पढाइरहेको छ ।

सो बोर्डिङ स्कुलमा भारतीय नागरिक म्याग्डेनियल सिंह प्रधानाध्यापक छिन् । आफू भारतीय नागरिक भएकै कारण उनले भारतीय पाठ्यपुस्तक अध्ययन गराएको बताइन्छ ।

सो विद्यालयले जिल्ला शिक्षा कार्यालयको अनुमति नलिई भारतीय पाठ्यपुस्तक पढाइरहेको भए पनि विद्यालय र त्यसका सञ्चालकलाई कारबाहीको दायरामा ल्याइएको छैन । बालबालिकालाई विद्यालयले गलत शिक्षा प्रदान गरेको भन्दै उनीहरूका अभिभावक आक्रोशित बनेका छन् ।

बालबालिकाका अभिभावकले उजुरी गरेपछि दमक नगरपालिकाले सो विद्यालयका सञ्चालकलाई कारबाही नगरी स्पष्टीकरण मात्र सोधेर छाडिदिएको छ । यद्यपि, शिक्षा अधिकारी शालिग्राम काफ्लेले सो विद्यालयललाई कारबाही गर्ने दाबी गरेका छन् ।

LEAVE A REPLY