Home ताजा समाचार भौतिक शास्त्रको अन्तर्राष्ट्रिय गोष्ठी चल्दै

भौतिक शास्त्रको अन्तर्राष्ट्रिय गोष्ठी चल्दै

122
0
SHARE

जेठ १६, काठमाडौँ । आजबाट त्रि.वि. अमृत क्याम्पस भौतिक शास्त्र विभागको आयोजनामा तीन दिने अन्र्तराष्ट्रिय गोष्ठी चलिरहेकाे छ । उक्त गोष्ठि भौतिक शास्त्रका विभिन्न विधाहरूलाई समेट्ने छ ।  गोष्ठिको प्रमुख आतिथ्यता नेपाल बिज्ञान तथा प्रविधि संस्थानका उपकुलपति प्रा.डा. श्री जीवराम पोखरेलले गर्नुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता अमृत क्याम्पसका क्याम्पस प्रमुख श्री राजेश महाजूले गर्नुभयो । उद्घाटन सत्रमा उक्त उद्देश्यबारे डा.लिला प्रधान जोशीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रा.डा.लोकनारायण झा, प्रा.डा.शेखर गुरुङ्ग, प्रा.डा.प्रदीप कुमार भट्टराई, प्रा.डा.राजाराम प्रधानाङ्गले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा स्वदेशी तथा बिदेशी गरी जम्मा २०० जनाको उपस्थिति रहेको छ । चीन, भारत, जापानबाट पनि सहभागी रहेको कार्यक्रममा त्रि.वि.का विभिन्न आगिंक क्याम्पसहरूबाट पनि सहभागिता रहेको छ ।

LEAVE A REPLY