Home छापा/अन्य स्रोत ट्रम्प–किम वार्तामा गोर्खा प्रहरीको सुरक्षा

ट्रम्प–किम वार्तामा गोर्खा प्रहरीको सुरक्षा

547
0
SHARE

काठमाडौं, २३ जेठ–अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनले सिंगापुरमा पहिलोपटक शिखर वार्ता गर्दा उनीहरूले गोर्खाली प्रहरीहरूले सुरक्षा दिने भएका छन् । त्यसो त दुवै नेताले व्यक्तिगत सुरक्षा टोलीहरू ल्याउनेछन् तर गोर्खालीसहितको सिंगापुर प्रहरीले वार्तास्थल, सडक र होटेलहरूको सुरक्षा दिनेछ ।

गोर्खालीहरूको उपस्थिति सिंगापुरमा छ तर उनीहरू बाहिर खासै देखिँदैनन् । गत सप्ताहान्तमा सांग्रिला होटलमा भएको सुरक्षा सम्मेलनलाई उनीहरूले सुरक्षा दिएका थिए ।

सिंगापुर प्रहरीले नेपालका पहाडहरूबाट गोर्खालीहरूलाई लिएर भर्ती गर्ने गर्छ । उनीहरू बडी आर्मर, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट असल्ट राइफल र लेग होल्स्टरमा पिस्तोल राखेर सम्मेलनमा तैनाथ देखिन्थे । सुरक्षाविज्ञहरूका अनुसार, अमेरिका र उत्तर कोरियाबीचको शिखर सम्मेलनको पूर्वतयारीस्वरूप उनीहरूलाई त्यहाँ खटाइएको थियो ।

LEAVE A REPLY