Home देश प्रधानमन्त्री ओलीको चीन भ्रमण असार ५ मा

प्रधानमन्त्री ओलीको चीन भ्रमण असार ५ मा

115
0
SHARE
file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएको छ । चिनियाँ विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीले असार ५ देखि १० गतेसम्म चीन भ्रमण गर्ने जनाएको हो । नेपालको परराष्ट्र मन्त्रलायले पनि उक्त भ्रमणको पुष्टि गरेको छ । प्रधानमन्त्रीसहितको जम्बो टोली असार १० गते नेपाल फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौं–रसुवागढी–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका विषयमा छलफल हुने भएको छ । यसैगरी नेपाल चीन पारवाहन सम्झौताको प्रोटोकलमा समेत हस्ताक्षर हुने स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जा मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित संघीय संसद्का सांसदहरू र उच्च सरकारी अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY