Home ताजा समाचार एसईई नतिजा आज प्रकाशित हुने

एसईई नतिजा आज प्रकाशित हुने

235
0
SHARE

काठमाडौँ, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार नतिजा प्रकाशनको सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिनुभयो । आज दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाइएको छ भने ४ बजे पत्रकार सम्मेलन राखिएको छ।

गतवर्षको एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए।

LEAVE A REPLY