Home ताजा समाचार संस्कृत शिक्षमा आकर्षण बढ्दो, भाषा प्रशिक्षण खुलेसँगै विद्यापीठमा विद्यार्थीको भीड

संस्कृत शिक्षमा आकर्षण बढ्दो, भाषा प्रशिक्षण खुलेसँगै विद्यापीठमा विद्यार्थीको भीड

788
0
SHARE

असार १३, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा भाषा प्रशिक्षणको भर्ना खुलेसँगै विद्यार्थीको भीड लाग्न थालेको छ । शास्त्री पढ्न चाहने विद्यार्थीले छ महिने संस्कृत भाषा प्रशिक्षण लिनुपर्ने व्यवस्था रहेको छ । कक्षामा विद्यार्थी नअटेर समूह विभाजन गरी पठनपाठको व्यवस्था मिलाइएको विद्यापीठका प्राचार्य डा. गणेश घिमिरेले बताउनु भयो ।

हाल संस्कृत भाषा प्रशिक्षणमा ज्योतिष, साहित्य, व्याकरण, न्याय, वेद लगायतका थुप्रै प्राच्य विषयमा अध्यापन भइरहेको छ । १२ कक्षा उत्तीर्ण व्यक्तिले उक्त प्रशिक्षण कक्षा(प्राक् शास्त्री)मा भाग लिन पाउनेछन् । यसरी प्रशिक्षको कार्य पूरा भएपछि शास्त्री(बी. ए) तहमा भर्ना हुन पाइन्छ । निःशुल्क संस्कृत सिक्न पाइने भएकाले नयाँ पुस्तादेखि पुरानो पुस्तासम्मका विद्यार्थीको भीड लाग्न थालेको देखिन्छ ।

नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, वकिल, न्यायाधीश जस्ता व्यक्तित्वको संस्कृत शिक्षा प्रति आकर्ण बढिरहेको छ । यसैगरी डाक्टर इञ्जिनिय पनि अध्ययनका लागि विद्यापीठमा भर्ना भएको कुरा विद्यापीठका प्राचार्यले हरेकपललाई बताउनुभयो । बेलुकी ४ बजेपछि कक्षा सञ्चालन हुने भएकाले विभिन्न निकायमा काम गरेर पनि संस्कृत पढ्न सकिन्छ । त्यसैले पनि यस प्रतिको आकर्षण बढेको हुनसक्छ, प्राचार्य घिमिरेले बताउनु भयो ।

जुन विषय पढेपनि मूल जरो संस्कृतमै अडिएको रहेछ । आधुनिक विषयमा निपूण हुन संस्कृत जान्नै पर्ने बाध्यता रहेकाले यसतर्फ आकर्णण बढेको एक सरकारी सेवाबाट निवृत्त हुनुभएका विद्यार्थीले हरेकपललाई बताउनु भयो । जीवन दर्शन, साहित्य र इतिहासका गहनतम विषय जान्न पनि संस्कृत पढ्नुपर्ने भएकाले हामी संस्कृत भाषा पढ्न आएका हौँ, कक्षामा उपस्थित आम विद्यार्थीको धारणा रहेको थियो ।

काठमाडौँको वाल्मीकि विद्यापीठ लगायत धरान, सोलुखुम्बु, जनकपुर, गैँडाकोट, देवघाट, पोखरा, दाङ, महेन्द्रनगर लगायतका विद्यापीठमा पनि संस्कृत भाषा प्रशिक्षणका कक्षा हाल चलिरहेका छन् । वाल्मीकि विद्यापीठमा भने असार १९ गतेसम्म भर्ना लिइने प्राचार्य घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY