Home ताजा समाचार हाम्रो जन्म केका लागि भएको हो ? हेर्नुहोस् आजको नीति वचन

हाम्रो जन्म केका लागि भएको हो ? हेर्नुहोस् आजको नीति वचन

83
0
SHARE

परोपकाराय फलन्ति वृक्षाः परोपकाराय वहन्ति नद्यः ।
परोपकाराय दुहन्ति गावः परोपकारार्थ मिदं शरीरम् ।। – नीति श्लोक

परोपकारका निम्ति नै वृक्षले फल दिन्छन् । नदी परोपकारका लागि नै वग्ने गर्दछन् । गाईले परोपकारका निम्ति नै दुध दिने गर्छन् अतः यो हाम्रो शरीर पनि परोपकारका लागि नै हो ।

हाम्रो जन्म परोपकारकै लागि भउको हो । प्राच्य दर्शनले परोपकारको विशेष महिमागान गरेको छ । यो संसारी चोला परोपकारका लागि नै हो । किनकि प्रकृति पनि परोपकारी छ । जसरी वृक्षले फल दिन्छन् स्वयं खादैनन् । वृक्षले आफू खानका निम्ति कदापि फल लगाउदैनन् । त्यो परेपकारका निम्ति नै हो । यसैगरी नदीले स्वयं पानी पिउदैनन् । प्यसीको प्यास मेटाउनका निम्ति नै नदी बगेका हुन् । यसैगरी गाईले पनि स्वयं आफै दुध खादैनन् । सो पनि परोपकारका निम्ति नै हो । अतः प्रकृति परोपकारी छ । हामी पनि प्रकृतिका पूजारी भएकाले परोपकारी हुनु पर्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्

LEAVE A REPLY