Home मुख्य समाचार आज चतुर्दशी तिथि, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन,२०७५ आषाढ २८...

आज चतुर्दशी तिथि, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन,२०७५ आषाढ २८ गते

182
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल आषाढ महिनाको २८ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतु अन्तर्गत आषाढ कृष्णपक्षको चतुर्दशी तिथि प्रतः ११।२१ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति तुला राशिमा छन् । आद्र्रा नक्षत्र राति १०।३७ बजेसम्म रहनेछ । यसैगरी आज ध्रुव योग, चतुष्पाद करण रहेको छ । आज काठमाडौँमा सूर्योदय ५।१७ मा छ भने सूर्यास्त बेलुका ७।०१ बजे हुनेछ ।

चन्द्रमा मिथुन राशिमा छन् । आज आषाढ कृष्णपक्षको चतुर्दशी तिथि हो । आज तिथिका दृष्टिले रिक्ता तिथि रहेकाले शुभकार्यका निम्ति वर्जित रहन्छ । साथै शिवजीको उपासनाका लागि भने आजको दिन उत्तम रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY