Home ताजा समाचार चन्द्रनगर गाउँपालिकाद्धारा जेष्ठ नागरिक र एकल महिला सम्मानित

चन्द्रनगर गाउँपालिकाद्धारा जेष्ठ नागरिक र एकल महिला सम्मानित

116
0
SHARE

सर्लाही,  २६ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आज स्थानीय जेष्ठ नागरिक र एक महिलालाई सम्मान गरेको छ । गाउँपालिकाले दुर्गा खोभारी मावी बबरगञ्जमा एक कार्यक्रमको आयोजनागरी एक सय जना जेष्ठ नागरिक र एक सय ५० जना एकल महिलालाई कम्बल वितरण गर्दै सम्मान गरेको हो ।

सोही कार्यक्रममा ७ सय जना छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख महतो महतोको अध्यक्षता एवं प्रदेश सभा सदस्य उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपप्रमुख विणादेवी साह, प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद भट्टराई, ७ वटै वडाका वडाध्यक्ष लगायतको उपस्थिती थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष महतोले बेसाहारा वृद्धाबृद्धाको सुरक्षाका लागि निकट भविष्यमै गाउँपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो । प्रदेश सभा सदस्य महतोले खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियानलाई सफल बनाउन सबै नागरिकलाई आ–आफ्नो घरमा चर्पी निर्माण गर्न र गरिसकेका नागरिकलाई खुल्ला स्थानमा शौच नगरी चर्पीको प्रयोग गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY