Home ताजा समाचार सुन्दर कसरी बन्न सकिन्छ ? हेर्नुहोस् आजको नीति वचन

सुन्दर कसरी बन्न सकिन्छ ? हेर्नुहोस् आजको नीति वचन

85
0
SHARE

न मुक्ताभि र्न माणिक्यैः न वस्त्रै र्न परिच्छदैः ।
अलङ्क्रियेत शीलेन केवलेन हि मानवः ।। – संस्कृत सुभाषितम्

हिरा मोती आदि सुन्दर वस्त्राभूषणले होइन केवल शीलले नै मान्छे सुन्दर रहन सक्छ ।

राम्रा वस्तु लगाउँदैमा सुन्दर हुन सकिदैन । यसैगरी सुन, हिरा, मोती आदि बहुमूल्य रत्न धारण गरेर पनि व्यक्तिको सौन्दर्य झल्किदैन । व्यक्ति उसको शील अर्थात् स्वभाव र व्यवहारले मात्र सुन्दर हुन सक्छ । शीलवान् व्यक्तिलाई नै सुन्दर भन्न सकिन्छ । राम्रा वस्त्र गहना लगाए पनि शीलहीन व्यक्ति कदापि सुन्दर रहन सक्दैन । त्यसैले सत्य बोल्ने, मान्यजनलाई आदर गर्ने, मीठो बोली र व्यवहार गर्ने व्यक्ति नै शीलवान र सुन्दर पनि हुन्छ । अतः शीलवान बन्न सक्नु पर्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

LEAVE A REPLY