Home शिक्षा एलिसा र मुस्कानले गरे क्यामिन मावि तनहुँमा अक्षयकोष स्थापना

एलिसा र मुस्कानले गरे क्यामिन मावि तनहुँमा अक्षयकोष स्थापना

169
0
SHARE

आफ्ना स्व. पिता केशव थापाको स्मृतिमा बेल्जियम रहेका छोरी एलिसा थापा र मुस्कान थापाले क्यामिन माध्यामिक बिद्यालय, कलेस्ती, तनहुँमा १ लाख रकमको अक्षयकोष स्थापना गरेका छन् ।

पिताको नाममा स्थापित “केशव थापा स्मृति छात्रबृति अक्षयकोष”बाट प्राप्त हुने व्याजले क्यामिन माध्यामिक बिद्यालयमा अध्ययन गर्ने असाह्य, टुहुरा र गरिब तथा जेहेन्दार बिद्यार्थीको पठन पाठनमा सहयोग पुग्ने एलिसा थापाले बताएकी छिन् ।

आर्थिक अभावका कारण कुनै पनि गरिब र जेहेन्दार बिद्यार्थीहरु शिक्षाको उज्यालोबाट बन्चित हुन नपरोस् भनी यो सानो सहयोग गरेको अर्की छोरी मुस्कान थापाले बताइन् । अक्षय कोषको रकम केशव थापाकी ममतामयी माता दमन्त थापाले एक कार्यक्रम बीच क्यामिन माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र वाग्ले र सोहि बिद्यालयका प्रधानाध्यापक कृष्ण हरी गैरेलाई हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY