Home देश उपसभापति निधि–फिलिप भेटघाट

उपसभापति निधि–फिलिप भेटघाट

174
0
SHARE

असार २९, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संबिधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने हुँदा प्रदेशको पूर्बाधारमा जोड दिनुपर्ने बताउनु भएको छ ।  नेपाल भ्रमणमा रहेका फोरम अफ फेडेरेशनस्का एसिया÷अष्टे«लिया निर्देशक फिलिप गोन्जालेजसंग आज बिहान कांग्रेस मुख्यालय सानेपामा भएको भेटमा उपसभापति निधिले प्रदेशको पूर्बाधारमा जोड दिनु भएको हो । उहाँले पर्याप्त साधनस्रोत बिना प्रदेश सरकारलाई काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो । प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसंग छलफल र अन्तरक्रिया गरी समृद्धिका आधार खोज्नु पर्ने उपसभापति निधिको भनाई थियो ।

उपसभापति निधिसंगको भेटमा फोरम अफ फेडेरेशनस्का एसिया÷अष्टे«लिया निर्देशक फिलिप गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेशनस्ले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्बाधार र जनप्रतिनिधिको सशक्तिकरणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । सुशासनका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय यो संस्थामा क्यानाडा, अष्टे«लिया, जर्मनी, स्वीजरल्याण्ड लगायतका १० राष्ट्र आबद्ध छन् ।

LEAVE A REPLY