Home मुख्य समाचार कांग्रेस उपसभापति निधि सहितको टोलि भोलि युरोप जादै

कांग्रेस उपसभापति निधि सहितको टोलि भोलि युरोप जादै

1860
0
SHARE

काठमाडौं, १ साउन । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि भोलि युरोप जादै हुनुहुन्छ । नेपाली जनसम्पर्क समन्वय समिति युरोपको विस्तारित बैठक र पोर्चुगलको अधिवेशनमा प्रमुख अतिथिकारुपमा सहभागी हुन निधि युरोप जान लाग्नुभएको हो । उहाँ भोलि बिहान ९ः५५ बजे कतार एयरलाइन्सको उडानबाट युरोप जान लाग्नुभएको कांग्रेसमा आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेलले हरेकपल डटकमलाई जानकारी दिनुभयो ।

आगामी जुलाई २१ का दिन युरोप स्तरीय नेपाली जनसम्पर्क समन्वय समिति अध्यक्षहरुको सहभागितामा पोर्चुगलमा भेलाको आयोजना हुदैछ भने २२ जुलाईमा नेपाली जनसम्पर्क समन्वय समिति पोर्चुगलको अधिवेशन हुदैछ ।
उपसभापति निधिसंगै कांग्रेस केन्द्रिय सदस्यहरु गोविन्द भट्टराई, गगन थापा, प्रदिप पौडेल, आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल लगायत ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिला दाहाल, कांग्रेस नेता नवराज गुरुङ र पार्टी कार्यालय सचिव केशव रिजाल पनि जादै हुनुहुन्छ । निधि दुवै कार्यक्रम सम्पन्न भए लगत्तै २३ जुलाईमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY