Home ताजा समाचार कुन बस्तुबाट कति टाढा रहनुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

कुन बस्तुबाट कति टाढा रहनुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

258
0
SHARE

शकटं पञ्चहस्तेन दशहस्तेन वाजिनम् ।
हस्ती हस्तसहस्रेण देशत्यागेन दुर्जनम् ।। – चाणक्य

गाडीबाट पाँचहात, घोडाबाट दश हात, हात्तीबाट हजार हात र दुर्जनबाट कोशौँ टाढा रहनु पर्छ ।

चाणक्यले विभिन्न वस्तुका साथै दुर्जनबाट निकै टाढा रहनु पर्छ भन्ने धारणा व्यक्त गरेका छन् । विशेषतः गाडी लगायत मेसिनरी वस्तुबाट पाँचहात टाढा रहनु भनिएको छ । यसैगरी घोडाबाट दश हात, हात्तीबाट हजार हात र दुर्जनबाट कोशाँै टाढा रहनु उचित हुन्छ । यसको तात्पर्य सज्जनको सामीप्यता लिनू र दुर्जनबाट सधैँ टाढा रहनू भन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

LEAVE A REPLY