Home देश मुलुकी ऐनमा व्यापक हेरफेर, २० वर्ष पहिले विवाह गरे जेल जानुपर्ने

मुलुकी ऐनमा व्यापक हेरफेर, २० वर्ष पहिले विवाह गरे जेल जानुपर्ने

519
0
SHARE

 

साउन २५, काठमाडौं । विगत लामो समयदेखि प्रचलनमा आएको मुलुकी ऐनमा व्यापक हेरफेर भएको छ । यही भदौ १ गतेदेखि नयाँ ‘मुलुकी संहिता’ लागू हुने भएको छ ।

मुलुकी ऐन २०२० मा जबर्जस्ती करणी, आशय करणी, हाडनाता करणी र पशु करणीका महलहरू थिए । अब ती महललाई अपराध संहितामा करणीसम्बन्धी कसुरमा समेटिएको छ । नयाँ ऐनमा पुरानोमा भन्दा सजायँ र जरिवाना बढाइएको छ ।
लागू हुने नयाँ व्यवस्थाले १६ वर्षमाथिका युवतीसँग पनि राजीखुशीमा राखिने यौनसम्बन्धलाई बलात्कार मान्ने छ । अब नयाँ व्यवस्था अनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग राजीखुशीले पनि यौनसम्बन्ध राख्नु बलात्कार ठहरिनेछ ।
नयाँ कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ । तर, ऐनले राजीखुशीको यौनसम्बन्धलाई बलात्कार नमानिने उमेर हद १८ वर्षभन्दा माथिलाई मानेको छ ।

यसैगरी कुनै पुरुष र महिलावीचको शारीरिक सम्बन्धबाट सन्तान जन्मिएमा उनीहरूबीच विवाह भएको मानिने छ भनेको छ । त्यसैगरी लोग्ने वा श्रीमतीले परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राखेको प्रमाणित भएमा सम्बन्धविच्छेद गर्न पाउने प्रावाधान मुलुकी संहितामा छ ।

यसमा महिलाहरूलाई बढी अधिकार र सुरक्षा प्रदान गरिएको छ । नयाँ कानूनले मञ्जुरीविना बिहे गन र गराउन नहुने स्पष्ट पारेको छ । विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ भने उमेर नपुगी बिहे गर्ने र गराउनेलाई ३ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ ।

२० वर्षभन्दा कम उमेरको विवाह बदर हुने उल्लेख गरिएको छ । यो प्रावधानअनुसार कसैले १८र १९ वर्षकै उमेरमा प्रेम विवाह गरे भने उनीहरूलाई यो प्रावधानले विवाह बदर गराएर जेल हाल्न सक्छ ।
पुरुषले कान्छी श्रीमती ल्याएमा त्यस्तो विवाह बदर हुने नयाँ कानूनले स्पष्ट गरेको छ । विगतमा तीन महिनाको हदम्याद कटाउने पुरुषहरू कान्छी श्रीमतीसँगै बस्न पाउँथे । तर, अब त्यसरी गरिएको बिहे बदर हुन्छ । जेठीसँग सम्बन्धविच्छेद नगरी दोस्रो बिहे गर्ने पुरुषले कान्छी श्रीमतीसँग बस्न पाउने छैनन् । महिलाले पनि पुरानो पतिसँग सम्बन्धविच्छेद नगरी नयाँ विहे गर्न पाउने छैनन् ।

LEAVE A REPLY