Home देश नितेस कुमार झाकाे उद्दार

नितेस कुमार झाकाे उद्दार

239
0
SHARE

कुबेतमा निर्माण मजदुरी गर्ने क्रममा गम्भीर घाइते सर्लाहीको हरिवन(४, गणेश चोकका युवा नितेस कुमार झालाई नेकपा निकट जिफन्ट सपोर्ट ग्रुप कुबेतले उद्दार  गरि घरसम्म ल्याएको छ । आज हरिवन(११ घर भएका उक्त ग्रुपका सचिब गुलाम नबि मन्सुरले सस्थाको तर्फबाट ५५ हजार नगद सहयोग पनि हस्तान्तरण गर्नु भयो । लुम्बिनी समाज कुबेतका रुपेन हमालले उहालाइ ७५ हजार पर्ने ह्विल्चेयर प्रदान गर्नु भएको छ ।


छ महिना कुबेतमा नै उपचार गरेर आउनु भएका झाजीलाई थप उपचार गर्न काठमाडौं लगिदै गरेको नेपाल कम्युनिष्ट पार्टिका युवा नेता चूडामणी वाग्लेले जानकारी दिनुभयो । आज रकम हस्तान्तरण गर्न युवा नेता वाग्ले, वार्ड अध्यक्ष शेख मेहबुब रेजा एब धन बहादुर वाइबा, पद्मा मोक्तान, नवीन शर्मा लगायतको उपस्थिती थियो ।

LEAVE A REPLY