Home देश सिन्धुपाल्चोकको मायाथानमा पहिरोका कारण ७० घर विस्थापित

सिन्धुपाल्चोकको मायाथानमा पहिरोका कारण ७० घर विस्थापित

693
0
SHARE

-रामचन्द्र दुलाल-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बारविसे नगरपालीकाको मायाथानमा पहिरो जादा करिव ७० घर जोखिममा परेका छन् । अविरल बर्षापछि गएको पहिरोका कारण सो क्षेत्रका भिरकुना , ओख्रिनी , चौतारी टोल , दमाईखोल्छा , काभ्रेडिल , नागेडाडा लगाएतका क्षेत्रका घर जोखिममा परेका छन् । पहिरोका कारण १० घरमा पूर्णरुपमा क्षती पुगेको छ भने त्यहाका स्थानीय बिस्थापीत हुन बाध्यम भएका छन् ।

भूकम्पपछि थोरैमात्र पहिरो आएको सो क्षेत्रमा स्थानीयले पक्की घर बनाएर बसेका थिए । अहिले पहिरोआएपछि रातघर घर बाहिर बस्नुपरेको स्थानीयको गुनासो छ । उनीहरुले तत्कालका लागी सरकारले आफुहरुलाई सुरक्षित स्थानको व्यवस्था गर्न माग पनि गरेका छन् । पहिरो क्षेत्रको निरिक्षण गर्दे नेपाली काग्रेसका नेता मोहन बस्नेतले तत्काल छिटो भन्दा छिटो स्थानीयलाई बैकल्पीक व्यवस्थाको माग गर्नुभयो ।

उहाले अहिले एक महिना अझै पहिरोको जोखिम कायमै रहेको भन्दै अन्य स्थानमा बसोबासका लागी आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै पहिरो कै कारण सिन्धुपाल्चोकको बारविसे तातोपानी सडक खण्डको खुर्सानीबारीमा रहेको पुल पनि पूर्ण रुपमा क्षती भएको छ । पुल पूर्णरुपमा भत्कदा सवारीसाधन पूर्ण रुपमा बन्द भएका छन् । सो क्षेत्रका काग्रेस नेता बस्नेतले उक्त पुलको स्थानमा छिटो भन्दा छिटो बैकल्पीक बाटो निर्माण गर्दे यातायात सुचारु गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गर्नुभयो ।

LEAVE A REPLY