Home ताजा समाचार संशोधन प्रस्ताव नेपाली नागरिकको हित विपरितः पोखरेल

संशोधन प्रस्ताव नेपाली नागरिकको हित विपरितः पोखरेल

95
0
SHARE

रुपन्देही, २८ पुस – नेकपा (एमाले)का नेता शंकर पोखरेलले संशोधन प्रस्ताव संविधान र नेपाली नागरिकको हित विपरित भएकाले बताएका छन ।
प्रेस चौतारी रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले संसदमा संविधान संशोधनको विरोध र आलोचना गर्ने काम निरन्तर गर्ने बताएका छन् । संविधान संशोधन प्रस्ताव ल्याएर सरकार उल्टो बाटोमा लागेको आरोप लगाए । चुनाव गराउने र संविधान कार्यान्वयन गराउने दायित्व पुरा गराउनु साटो संशोधन प्रस्ताव ल्याएर विवाद बढाउने र देशलाई अधो गतितिर लैजान लागेको उनको भनाइ छ ।
नेता पोखरेलले चुनावबाट भाग्न र विवाद बढाउन मात्रै सत्तारुढ दलले १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने संविधान संशोधन प्रस्ताव ल्याएको बताए ।
चोर बाटोबाट आएको संविधान संशोधन प्रस्तावलाई संसदमा सहीबाटोबाट छलफल हुन र पारित हुन नदिने उनको भनाइ छ ।

LEAVE A REPLY