Home अर्थवाणिज्य दशैँका निम्त अधिकांश खसीबोका भारतबाट ल्याइने

दशैँका निम्त अधिकांश खसीबोका भारतबाट ल्याइने

125
0
SHARE

२९ भदौ, काठमाडौं । दशैँ लागेसँगै खसी बोकाको व्यापारमा वृद्धि हुने गर्दछ । मागलाई आन्तरिक उत्पादनले धान्न नसक्दा भारतबाट ल्याइने भएको हो । दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आउने भएका छन् । यो समयमा चीनबाट पनि भेडाच्याङ्ग्रा आउने गरेका छन् । स्वदेशको उत्पादनले २० प्रतिशतको हाराहारीमा मात्र धान्न सक्ने व्यवसायीले प्रक्षेपण गरेका छन् ।

व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया मात्रै नेपालका आन्तरिक उत्पादन हुन्छन् । बाँकी सबै भारत र चीनकै भर पर्नु अवस्था छ ।

नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी दशैंमा ठूलो मात्रामा मासुको माग बढ्ने भएकाले भारतबाट खसीबोका नल्याइ सुखै नहुने बताउँछन् । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपरेको उनको भनाइ छ ।

यसपटक दशैंमा झण्डै ५० हजार भन्दा बढीको संख्यामा खसीबोका तथा भेडाच्याङ्ग्रा आयात गर्ने तयारी छ । गत वर्ष पनि झण्डै दशैंमा झण्डै ४५ हजार खसीबोका आयात भएको व्यवसायी बताउँछन् ।

त्यस्तै, दशैंमा अधिक खपत हुने राँगाभैंसी भने कति आयात हुन्छ, त्यसको आँकडा व्यवसायीसँगै छैन । ‘यो वर्ष गतवर्षभन्दा करिब ५ हजार बढी खसीबोका आयात हुन्छ भन्ने अनुमान छ ,’ संघका अध्यक्ष खड्गीले भने ।

खसीबोका र भेडाच्याङ्ग्रा आयातका लागि अष्टमीरनवमीअघिको एक सातामामात्र झण्डै करोडौं रकम रुपैयाँ बाहिरिने व्यवसायी बताउँछन् । यसअघि फाट्टफुट्ट मात्रामा चौपाया भए पनि घटस्थापनापछि भने चौपायाको आयात ह्वात्तै बढ्छ ।

खासगरी उपत्यका मासुका लागि बढी परनिर्भर छ । व्यवसायीका अनुसार दशैंको समयमा मुलुकको आन्तरिक बजारले १० प्रतिशतको हाराहारीमामात्र योगदान गर्छ ।

दशैंको समयमा उपत्यकामा मात्रै झण्डै ६५ हजार खसीबोका र भेडाच्याङ्ग्राको माग रहेको अनुमान छ । दशैंमा खपत हुने चौपाया खरिद(विक्री भने व्यावसायीले आफूखुसी गर्दै आएका छन् । यसका लागि हालसम्म कुनै मापदण्ड नै तोकिएको छैन ।

LEAVE A REPLY