Home ताजा समाचार पराजुलीद्वारा प्रधानन्यायाधीशविरुद्ध उजुरी

पराजुलीद्वारा प्रधानन्यायाधीशविरुद्ध उजुरी

110
0
SHARE

काठमाडौं, २८ पुस –सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले  प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध उजुरी दिएका छन् । पराजुलीले जन्ममितिबारे ‘अन्यायपूर्ण निर्णय’ गरेको भन्दै आठ पेज लामो उजुरी न्याय परिषद्मामा दिएका छन् ।
उनले कार्कीले गरेको ‘त्रुटिपूर्ण निर्णय’ सच्याई पछिल्लो नागरिकता प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति कायम गरिदिन न्यायपरिषद्समक्ष आग्रह गरेका हुन् । प्रधानन्यायाधीश नै परिषदको समेत अध्यक्ष हुन् । आफ्नो जन्ममितिबारे प्रधानन्यायाधीशले मात्र निर्णय गर्न नपाउने दाबी गर्दै उनले त्यसबारे परिषबाटै निर्णय हुनुपर्ने बताएका छन् ।

कार्कीको निर्णयका कारण उनीपछिको प्रधानन्यायाधीशको रोलक्रममा रहेका पराजुलीको उमेर ९ महिना बढेको छ । उनी जम्मा ५६ दिनमात्र प्रधानन्यायाधीश हुन पाउँछन् । कार्कीको निर्णयले पुरानै नागरिकतालाई मान्यता दिएपछि आफूलाई अन्याय भएको दाबी गर्दै पराजुलीले परिषद्लाई गुहारेका हुन् ।

कार्कीले हालै पराजुलीले पेस गरेका दुइटा नागरिकता प्रमाणपत्रमध्ये पुरानोलाई मान्यता दिने निर्णय गरेकी हुन् ।

Leave a Reply