Home ताजा समाचार फिलिपिन्सको मनिलामा ‘एसियन क्रेडिट युनियन फोरम २०१८’ सुुरु

फिलिपिन्सको मनिलामा ‘एसियन क्रेडिट युनियन फोरम २०१८’ सुुरु

151
0
SHARE

मनिला, २९ भदौ । फिलिपिन्सको मनिलास्थित होटल क्राउन प्लाजामा ‘एसियन क्रेडिट युनियन फोरम २०१८’ सुुरु भएको छ । विश्वका विभिन्न २३ वटा राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको उक्त फोरमको अध्यक्षता एसियाली ऋण महासंघका अध्यक्ष ऋषिराज घिमिरेले गर्नुभएको छ ।

सहभागीहरूलाई अध्यक्ष घिमिरेले स्वागत गर्नुभएको थियो । त्यसैगरी, एसियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनिता भिसान रोकले धन्यवाद १ापन गर्नुभएको थियो । नेपालका २० वटासहित २३ वटा संस्थालाई अध्यक्ष घिमिरे र प्रमुख कार्यकारी अधिकृतबाट एक्सेस ब्रान्डको प्रमाणपत्र प्रदान गरिएको थियो ।

सहभागी राष्ट्रको राष्ट्रिय धुन सहित राष्ट्रिय ध्वजा फहराउँदै फोरमको कार्यक्रम सुुरु भएको हो । कार्यक्रमको सुुरुमा फिलिपिन्सको सांस्कृतिक नृत्यले स्वागत गरिएको थियो । फोरममा २३ राष्ट्रका ५६१ जना प्रतिनिधि सहभागी रहेका छन् ।

LEAVE A REPLY