Home ताजा समाचार हिमाल, पहाड र तराईको एकताले मात्र राष्ट्रिय एकताः नेता भण्डारी

हिमाल, पहाड र तराईको एकताले मात्र राष्ट्रिय एकताः नेता भण्डारी

95
0
SHARE

रोल्पा, २८ पुस –नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले जातीय आधारमाप्रदेशको सीमाङ्कन हुन लागेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
५ नम्बर प्रदेश विभाजनविरुद्ध रोल्पाको लिवाङमा आयोजित जनसभामा नेता भण्डारीले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक हुन नदिने बीउ रोपिन लागेको प्रति चिन्ता गर्दै नेता भण्डारीले हिमाल, पहाड र तराईको एकताले मात्र राष्ट्रिय एकता हुनसक्ने विचार व्यक्त गरे ।
सभाका अर्का वक्ता नेकपा (एमाले) स्थायी समिति सदस्य पुष्पराज कँडेलले नीति, सिद्धान्त र आदर्शलाई दाउमा राखेर नेकपा (एमाले)ले राष्ट्रघाती काम गर्न नसक्ने बताए । संसद्मा जबजस्ति ढङ्गले टेबुल गरिएको संविधान संशोधन विधेयकलाई विपक्षी दलले कुनै हालतमा पारित हुन नदिने बताए ।

LEAVE A REPLY