Home ताजा समाचार चिनियाँ राजदूत हङ र नेता नेपालबीच भेटवार्ता

चिनियाँ राजदूत हङ र नेता नेपालबीच भेटवार्ता

76
0
SHARE

काठमाडौं, २८ पुस –नेपालका लागि चिनियाँ राजदूत यू हङ र पूर्वप्रधानमन्त्री एवं तथा एमालेका नेता माधवकुमार नेपालबीच आज भेट वार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटमा हङले सार्वभौम मुलुकले आन्तरिक विषय आफ्नै मौलिक विशिष्टिताका आधारमा हल गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन् –’नेपालले संविधान सफलतापूर्वक कार्यन्वयन गर्न सकोस भन्ने चीनको शुभेच्छा छ ।’

’उनले भूकम्प पछिको पुननिर्माणमा नेपालले सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन् । यस्तै नेता नेपालले नेपाल र चीन तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध समधुर र ऐतिहासिक रहेको भन्दै थप प्रगाढ हुने विश्वास व्यक्त गरे । नेपालले एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको पनि प्रष्ट पारेका थिए ।

LEAVE A REPLY