Home ताजा समाचार नायक केसीसंग साक्षात्कार

नायक केसीसंग साक्षात्कार

104
0
SHARE

ध्रुवराज न्यौपाने, २८ पुस – चलचित्र पत्रकार सघं दाङले सुपरस्टार नायक भुवन केसीसंग आज साक्षात्कार गरेको छ । विजौरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालीत महोत्सवका लागि दाङ आएका चर्चित नायक केसीसगं साक्षात्कार गरेको सघंले जनाएको छ । नायक केसी सगं चलचित्र पत्रकार सघं दाङले आज दिउँसोे तुलसीपुर विपि चोकमा रहेको रिपोर्टर्स क्लव दाङको सभाकक्षमा साक्षात्कार गरेको थियो । संघका अध्यक्ष ध्रुवराज न्यौपानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नायक भुवन केसीले नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा लागिरहने बताए ।

बुवाआमाले आर्मी बनाउन चाहेको तर आफु नेपाली चलचित्रमा प्रवेश गरेकाले पनि चलचित्र क्षेत्र नशानशामा रहेको उनले बताए । पत्रकारहरुको प्रश्नको उत्तर दिदै केसीले नेपाली चलचित्र उद्योगमा दिईने उपाधिले कुनै तुक नराख्ने समेत बताए । महानायक, सुपरस्टार भन्दैमा फुरुगं हुन नहुने बरु आफुले दर्शकलाई कसरी राम्रा चलचित्र दिन सकिन्छ भन्ने बारे उनले उल्लेख गरे । साथै कसैलाई महानायक त कसैलाई सुपरस्टार भन्दै मा आफु त्यसको पछाडि नदौडि काम गरेर देखाउने भएकाले त्यो कुरा दर्शकले मुल्याकंन गर्नुपर्न बताए । नेपाली चलचित्र क्षेत्रमा भुवनले गरेको योगदान र बनाएका फिल्म हेरेर आफै भन्नुहोस कि महानायक को भन्ने कुरा ? विगत लामो समय देखि उद्योगमा आफुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै दर्शकलाई उत्कृष्ट फिल्म दिन पनि सफल भएकाले उपाधि भन्दा पनि काम गरेर देखाउन उनले चुनौती दिए । साथै भुवनले आफ्नो जारी राजनितिक यात्रा पनि निरन्तर चलिरहने बताए । कलाकारले राजनीति गर्न नहुने भन्ने कुरा जायज नभएकाले कलाकारले पनि राजनीति गर्न पाउनुपर्ने उनले धारणा व्यक्त गरे । कलाकार बन्न आजभोली पैसा खर्च गरे सजिलै भईने, पावर र पहुँचका आधारमा कलाकार हुन सकिने भन्ने पत्रकारको प्रश्नमा उनले त्यसरी क्षमता नभएर उद्योगमा आएका कलाकार सिमित समयका लागि टिक्ने भन्दै क्षमता नभएका त्यस्ता कलाकार पछि उद्योगबाट आफै विस्तापित हुँदै जाने पनि उनले बताए । सघंका कोषाध्यक्ष  शिव पुन को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सन्तोष केसीले गरेका थिए ।

Leave a Reply