Home ताजा समाचार स्थानीय निकायको निर्वाचन हुन्छः मन्त्री पाण्डे

स्थानीय निकायको निर्वाचन हुन्छः मन्त्री पाण्डे

91
0
SHARE

काठमाडौं, २८ पुस – सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सक्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गरे ।
स्थानीय निकायको संरचनाले हालको स्थानीय निकायको अवधारणा पनि छिटै आउने भएकाले त्यसतर्फ चनाखो भएर स्थानीय निकायले काम गर्नुपर्ने उनको भनाइ थियो । उनले स्थानीय विकास अधिकारी लगायतका कर्मचारीले उचित कार्ययोजना बनाएर कार्यान्वयनतर्फ लाग्न पनि निर्देशन दिए ।

LEAVE A REPLY