Home ताजा समाचार अभियान्ता आचार्यलाई अमेरिकामा अन्तर्राष्ट्रिय सम्मान

अभियान्ता आचार्यलाई अमेरिकामा अन्तर्राष्ट्रिय सम्मान

182
0
SHARE

अन्तर्राष्ट्रिय अकुपेसनल हाइजिन एसोसिएसन (IOHA)ले सामाजिक अभियन्ता एवं श्रमिक अधिकारकर्मी तथा साहित्यकार श्री होमराज आचार्यलाई फर्स्ट ग्लोबल कोलाबोरेसन पुरस्कारबाट सम्मान गरेको छ |

यही सेप्टेम्बर महिनाको २६ तारिखका दिन वाशिंगटन, डी. सि. मा आयोजना गरिएको अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मलेनबीच वहाँ सम्मानित हुनुभएको हो | यो सम्मान आचार्य लगाएत ग्लोबल फेअरनेस इनिसिएटिभ, वर्क प्लेस विथआउट बोर्डेर्स र काठमाडौं युनिभर्सिटीलाई संयुक्तरुपमा प्रदान गरिएको हो |

३५ देशका बिभिन्न संस्थाका करिब २०,००० सदस्य रहेको IOHAले यो पुरस्कार पहिलो पल्ट दिएको हो र अब प्रतेक दुइदुइ बर्षमा यो पुरस्कार कामदारको सुरक्षा संबन्धमा बृहद समन्वयकरी भूमिका खेल्ने संस्था र अभियन्ताहरुलाई निरन्तररुपमा दिईने छ | पुरस्कार स्थापनको उद्घाटनमै आफूले गरेको काम छानिएकोले निकै खुसी लागेको कुरा होमराज आचार्यले बताए | यसबाट आफुलाई अझै हौसला मिलेको उनले खोले |

नेपालमा बाल, एवं बाध्यकारी श्रमको अन्त्य गर्ने, जलबायु परिवर्तन र तेस्को प्रभावका बारे समाजलाई सचेत बनाउने, मानवमैत्री विकासका पक्षमा वकालत गर्ने, शिक्षा, स्वास्थ्य, शान्ति, सुरक्षा र सम्वृद्दीमा जनताको गुणस्तरीय पहुँच पुर्याउनु पर्ने जस्ता अभियानमा आचार्य बर्सौं देखि जुटिरहेका छन्| सरकार, नागरिक समुह, निजी क्षेत्र एवं श्रमिकहरुलाई यौटै टेबलमा ल्याई सन्तुलित सार्बजनिक नीतिको वकालत गर्ने आचार्यले बजार र उपभोक्ता उत्तरदायी नभएसम्म समाजमा परिवर्तन आउन अप्ठेरो हुन्छ भनी ठोकुवा गर्छन् |

श्रमिक मैत्री उद्योग र उद्योग मैत्री नीति; सचेत उपभोक्ता र उत्तरदायी उद्मी अभियान पनि उनले सुरुगरेका हुन् | यसलाई उनि सन्तुलित विकासको मोडेल भन्छन् | यो सन्तुलित विकाशको मोडेल भित्र एकाईसौं शताब्दिको विकास आबस्यकता रहेको छ | यो नाङ्गो आँखाले देखिने कुरा होइन तेसैले आँखाको हेर्ने तरिकामा समेत परिवर्तन चाहिन्छ | असल विकासको अन्तर्य समुदायको अस्तित्त्वसंग जोडिएको हुन्छ | धेरैले यो कुरा नबुझनेमात्रै हैन, उनीहरुको सोंचमासमेत पर्दैन, आचार्यले भने।

LEAVE A REPLY