Home जीवनशैली परम्परागत नेवारी संस्कृति जोगाउँदै पार्क भिलेज ( फोटो फिचर )

परम्परागत नेवारी संस्कृति जोगाउँदै पार्क भिलेज ( फोटो फिचर )

237
0
SHARE

-अनुजा न्यौपाने-

परम्परागत नेवारी पोसाकमा सजिएका युवा युवतीहरू बासुँरी, मादल, झ्याम्टा लगायतका बाजा बजाईरहेका थिए भने आँगनमा लाखे नाचिरहेको थियो । वातावरण हेर्दा कुनै जात्रा, पर्व वा उत्सवको तयारी थियो । बगैँचाका बिचमा मिलाइएका टेबल कुर्सीहरूमा बसेका मानिसहरू जर्यानकजुरूक उठेर फोटो सेशन  तिर लाग्छन् । सबैका निधारमा दशैँको जस्तो रातो टिका छन् । हेर्दा लाग्छ त्यहाँ पारिवारिक र अत्यन्तै निकट व्यक्तीहरूको जमघट छ ।

फोटो खिचिसके पछि सामुन्ने रहेको सानो घर तिर सबै जना लाग्छन् । सेतो कमेज सुरूवालमा सजिएका सेताम्य कपाल फुलेका तर युवा जोस र उत्साह बोकेका हसिला र फुर्तिला व्यक्ति अघि अघि लाग्छन् । उनी अरू कोहि नभएर सफल पर्यटन व्यवसायि एवम् चर्चित लेखक कर्ण शाक्य हुन् ।

यत्तिकैमा उद्घोषिकाले दीप प्रज्वलनका लागि अनुरोध गर्छिन् सबाह नेपालकी अध्यक्ष सृष्टि जोशी मल्ललाई । मल्लले सुकुन्दाबाट एउटा मैनबत्ति सल्काउँछिन् र टेबलमा राख्छिन् । त्यसपछि कर्ण शाक्य अघि बढ्छन् । एउटा बत्ति बालिसकेपछि उपस्थित सबैजनालाई एकएक वटा बत्ति सल्काउँदै भित्र आउन अनुरोध गर्छन् । कार्यक्रम हो बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्ट भित्र खुलेको परम्परागत नेवारी रेष्टुरेन्ट ‘भिलेज एट पार्क’ उद्घाटनको ।

रेष्टुरेन्ट भित्रको सजावटम आधुनिकता र नेवारी संस्कृतिको संगम देखिन्छ । टेबुलमा आलु, भटमास, बजि, छोयला लगायतका खानेकुराहरू खुबसँग सजाएर राखिएका छन् । शाक्य भन्छन्, ‘सबै जनाले लिनुस् पनि है टेबुलको खानेकुराहरू’ । काठको भर्याङ छ माथि चढ्ने, भर्यारङमा काठको खोपा बनाइएको छ र त्यसमा तामा तथा पित्तलका भाँडाकुँडाहरू सजाइएको छ ।

एक तला माथि चढिसकेपछि दलिनमा हस्तकलाका सामाग्रीहरू छन्, लाग्छ एउटा सानो विक्री कक्ष नै हो । स्थानिय सामाग्रीहरू प्रयोग गरी हातले बनाइएका ससाना थैली, ब्याग, पछ्यौरा र केहि गहनाहरू सजाएर राखिएको छ, प्रोडक्ट ट्याग र प्राईस ट्याग समेत । दायाँ पट्टि दुई वटा कोठामा होचा टेबुलहरू र त्यसका वरीपरी बस्ने चकटी ।

शाक्यले रेष्टुरेन्टको खानाको विषयमा वर्णन गरीसक्न नभ्याउँदै पाहुनाहरू व्यस्त भइसकेका हुन्छन् समयबजी, चटामरी, यमरी लगायतका खानेकुराको स्वाद लिन । उनी आफैँ पनि हातमा यमरी र चटामरी समेतको प्लेट लिएर भन्दै हुन्छन्, ‘यसको सञ्चालन गाम्चाका स्थानिय महिलाहरूले गर्ने हो ।’ विश्व पर्यटन दिवसका अवसर पारेर पार्क भिलेज रिसोर्ट भित्र नेवारी कुसन रेस्टुरेन्ट भिलेज एट पार्कको उद्घाटन कार्यक्रम यसरी सम्पन्न हुन्छ ।

LEAVE A REPLY