Home कला/साहित्य स्रष्टाहरु प्राज्ञ बन्न नेताका ढोकाढोका पुग्नु हुदैन : नरहरि आचार्य

स्रष्टाहरु प्राज्ञ बन्न नेताका ढोकाढोका पुग्नु हुदैन : नरहरि आचार्य

326
0
SHARE

-नारायण सापकोटा-

विशिष्ट साहित्यकार, विचारक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले सिर्जना कर्म छोडेर स्रष्टाहरु प्राज्ञ बन्न राजनीतिक दलका नेताका ढोकाढोकामा पुग्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भएको छ । सोमबार राजधानीको डिल्लीरमण रेग्मी पुस्ताकालयमा नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको विचार , विमर्श , शुभकामना तथा चियापान कार्यक्रममा नेता आर्चायले भन्नुभयो, “लोकतन्त्र आएपछि पनि स्रष्टाहरु प्राज्ञ बन्नका लागि राजनीतिक दलका नेताका ढोकाढोका पुग्ने संस्कार नै बनिसक्यो । प्राज्ञिक उन्नयन , विकास र स्रष्टाहरुको सम्मान गर्न लागि लोकतान्त्रिक आचरण हुने सरकारले यो परिपाटीको अन्त्य गर्नुपर्छ । ” नेपाली लेखक संघका सल्लाहकार समेत रहनु भएका आचार्यले नेपाली लेखक संघलाई सुझाब दिदै भन्नु भयो “सरकरकारले आफ्नै मान्छेहरुलाई नियुक्ति गर्ने संकेत गर्दैछ । त्यो बहुमत प्राप्त सरकारको कुरा पनि हो । नेपाली लेखक संघका साथीहरुले प्राज्ञ हुने आश नराख्नु र निराश पनि नहुनु । सधै स्वतन्त्रता र सिर्जनामा विश्वास राख्ने कवि ,लेखक तथा साहित्यकारहरु सरकारले गर्ने नियुक्तिका पछि लाग्नु हुदैन ।”

लेखकीय स्वतन्त्रताको चर्चा गर्दै वरिष्ठ साहित्यकार समेत रहुभएका आचार्यले भन्नु भयो “लेखक भनेपछि ऊ स्वत ःस्वतन्त्रताको पक्षमा हुन्छ । केही आफुलाई लेखक हुँ पनि भन्छ र फेरी म स्वतन्त्र छैन , म यो विचारबाट वा म यो दर्शनबाट बाँधिएको छु पनि भन्छ भने त्यो लेखक हुनै सक्दैन ।” कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा। पुरुषोत्तम दाहालले कवि , लेखक तथा साहित्यकारहरु राष्ट्रका स्पन्दन रहेको चर्चा गर्दै कवि तथा लेखकहरुलाई गहना भनेर अपमान नगर्न सबै राजनीतिक दलका नेताहरुसँग अग्रह गर्नु भयो । लोकतन्त्रमा विश्वास राख्ने सरकारले मात्र प्रतिपक्ष विचारको सम्मान गर्दै सहकार्य गर्ने कुराको चर्चा गर्दै कार्यकारी निर्देशक दाहालले भन्नु भयो “राज्यले गठन गरेका प्राज्ञ प्रतिष्ठानहरुका प्राज्ञ नियुक्ति गर्दा विचारको आधारमा नभई योग्य र क्षमताको आधारमा हुनु पर्छ । ” स्पष्ट नीति र निर्णयका साथ नेपाली लेखक संघ र सांस्कृतिक संघले सहकार्य गर्दै अगाडी बढनु पर्ने कुरामा जोड दिदै अविचलित लोकतन्त्रमा आस्था र विश्वास राख्ने लेखकहरु सधै स्वतन्त्रता र प्रगतिका हिमायती हुने भएकाले राजनीतिक आस्था र विचारका आधारमा लेखकलाई कित्ता काट गर्नु नहुने कार्यकारी निर्देशक दाहालको भनाई थियो ।

नेपाली लेखक संघका सल्लाहकार वरिष्ठ साहित्यकार डा।तुलसीप्रसाद भट्टराईले नेपाली लेखक संघको गौरवपूर्ण इतिहासको स्मरण र चर्चा गर्दै अब नेपाली लेखक संघमा पुनर्जागरणको समय आएको बताउनु भयो । संघका सल्लाहकार तथा निर्वतमान नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपनि डा। विष्णुविभु घिमिरेले सरकारले सम्मान जनकरुपमा प्रज्ञा प्रतिष्ठानहरुमा लोकतन्त्रमा आस्था राख्ने स्रष्टाहरुलाई सहभागी हुन अनुरोध गरेमा मात्र सहभागी हुनुपर्ने विचार राख्नु भयो । कार्यक्रममा नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले भाषा , साहित्य , साँस्कृति र कलाको विकासमा नेपाली लेखक संघसँग साँस्कृतिक संघ सहकार्य गर्न तयार रहेको जानकारी दिनु भयो । विचार , विमर्श , शुभकामना तथा चियापान कार्यक्रमका सभापति तथा नेपाली लेखक संघका अध्यक्ष कवि श्रवण मुकारुङले नेपाली लेखक संघले गरेका कार्यहरुको चर्चा गर्दै आगामी दिनमा अग्रजहरुको सल्लाह , सुझाव र छलफलबाट संघले कार्यक्रमहरु तय गर्ने जानकारी दिनुभयो ।

स्वागत मन्तव्यका क्रममा महासिचव डा। रत्नमणि नेपालले नेपालीहरुको महान पर्वको अवसरमा शुभकामना तथा चियापनसँगै प्रज्ञा प्रतिष्ठानहरुमा प्राज्ञ नियुक्तिका सम्बन्धमा नेपाली लेखक संघले छलफल , विचार, विमर्श र बहस गर्ने उश्देयले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा प्रा।डा।ज्ञानु पण्डे र नेपाली लेखक संघका उपाध्यक्ष प्रा।डा। कुसुमाकर न्यौपाने समेतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संघका सचिव बाबु त्रिपाठीले गर्नु भएको थियो ।

LEAVE A REPLY