Home देश विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

287
0
SHARE

नुवाकोट  । विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. १ , मंगटाटोल स्थित महालक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत १ सय ३२ जना विद्यार्थीहरुलाई Kiwanis Club of Kantipur, Kathmandu, Nepal बट शैक्षिक सामाग्रीहरु (स्कुल व्याग, एक-एक दर्जन कपि, कलम र सिसाकलम) वितरण गरियो । उक्त कार्यक्रम उद्घाटन प्रमुख अतिथि पूर्व परराष्ट्रमन्त्री एवम नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले गर्नुभएकाे थियो ।

उहाँले स्कुलका स–साना बाल-बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेर Kiwanis Club of Kantipur, Ktm ले प्रसंशनीय कार्य भएकाे बताउनुभयाे । यस्ता किसिमका कार्यक्रमबाट विद्यार्थीहरुलाई पढ्नमा थप हौसला मिल्नुको साथै समाज सेवाको क्षेत्रमा कोसेढुङ्गा सावित हुने कुरामा दुई मत नभएकाे बताउदै उक्त कार्यलाई सघाउ पुर्याउने कालिमाटी फलफूल तरकारी वजारका व्यवसायीहरुको प्रशंसा समेत गर्नुभयाे ।
उहाँले प्रजातान्त्रिक संस्कार बाेकेको नेपाली कांग्रेसले यस्ता किसिमका कार्यक्रमहरुलाई गाऊँ गाऊँमा पुर्याउन समेत सामाजिक अभियान्ता एवम् क्लवहरुलाई आग्रह गर्नुभयाे । उहाँले खासगरी काठमाडौँबाट नजिकै भएतापनि यो ठाउँमा विकास निर्माणका साथै चेतनाको स्तरमा विकास हुन नसकेको बताउनुभयाे । विकास निर्माणका साथै काठमाडौं महानगरपालिकाबाट अस्तव्यस्त रुपमा गाउँ नै दुर्गन्धित हुने गरेकाे फोहोरमैला व्यवस्थापन गरेकोमा दु:ख व्यक्त गर्दै महतले यसको समस्या समाधानको लागि समेत सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा प्रदेश नं ३ का सांसद कल्पना नेपाली, क्षेत्रिय सभापति एवम् समाजसेवी अर्जुनप्रसाद न्यौपाने, ककनी गाऊँ पालिका वडा नं. १ का वडा अध्यक्ष चन्द्रवहादुर श्रेष्ठ (कुमार) लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

कालिमाटी फलफूल तथा तरकारी वजारका व्यवसायीहरुको उल्लेख्य रुपमा सहभागिता भएको उक्त कार्यक्रममा Kiwanis Club of Kantipur, Ktm का Charter President, Manisha Bimali ले क्लबको उद्देश्य भनेको बाल-बालिकाहरुलाई पढ्न, लेख्न र उनिहरुको वृत्ति विकासमा सहयोग गर्ने नै भएकाे बताउनुभयाे । खासगरी सरकारी स्कुलमा अध्ययरत गरिव किसानहरुका छोराछोरीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्दै जाने क्रममा काठमाडौँबाट नजिकै रहेर पनि दयनीय अवस्थामा संचालित यस स्कुलमा अध्ययरत विधार्थीहरुलाई सहयोग गर्न पाएकोमा र हामीलाई यस क्षेत्रमा सहयोगको लागि उत्प्रेरणा जगाउने Kiwanis Club of Kantipur का सदस्य राजनप्रसाद न्यौपानेलाई धेरै धेरै धन्यवाद दिदैं हाम्रो यस कार्यक्रमलाई सफल वनाउन सहयोग गर्ने कालिमाटी फलफूल तथा तरकारी वजारका व्यवसायीहरु प्रति आभार प्रकट गर्दै सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

LEAVE A REPLY