Home ताजा समाचार व्यवहारिकता भनेको के हो ? हेर्नुहोस् आजको नीति वचन

व्यवहारिकता भनेको के हो ? हेर्नुहोस् आजको नीति वचन

209
0
SHARE

सकुले योजयेत्कन्या पुत्रं विद्यासु योजयेत् ।
व्यसने योजयेच्छत्त्रुं मित्रं धर्मे नियोजयेत् ।। – चाणक्य

छोरीको विवाह असल कुल भएको घरमा गरिदिनु पर्छ । छोरालाई राम्रो ज्ञान आर्जन गर्ने अध्ययन कार्यमा लगाउनु पर्छ । मित्रलाई राम्रो कार्यमा र शत्रुलाई खराब कार्य गर्न लगाउनु पर्छ यो नै व्यवहारिकता हो ।

व्यवहार कसरी चलाउनुपर्छ भन्ने बारेमा चाणक्यले केही युक्ति बताएका छन् । छोरीलाई असल कुलमा दिएपछि छोरीप्रतिको व्यवहार पूर्ण हुने चाणक्यको धारणा रहेको छ । यसैगरी छोराको पढाइलाई राम्ररी पूरा गराएपछि पिताको कर्तव्य पूरा हुन्छ । एक पितालै छोराप्र ितगर्ने व्यवहार भनेको नै असल शिक्षा हो । यसैगरी मित्रलाई असल कार्यमा लगाएर व्यवहार चलाउनु पर्छ भने शत्रुलाई व्यसनमा लगाएर आफ्नो व्यवहार चलाउनु पर्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

LEAVE A REPLY